रास्वपा महाधिवेशनमा कुन दलबाट को नेता हुँदैछन् सहभागी ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा विभिन्न दलका नेताहरू सहभागी हुने भएका छन् ।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उद्घाटन सत्रमा सहभागी नहुने भए पनि कांग्रेसका सभापति गगन थापा भने अन्तिम समयमा सहभागी हुने भएका छन् ।
- जनमतका अध्यक्ष डा.सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनमा सहभागी हुनेछन् ।
काठमाडौँ । चितवनको भरतपुरमा आजबाट सुरु हुने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा विभिन्न दलका नेताहरू सहभागी हुने भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि निमन्त्रणा गरेको रास्वपाले जनाएको छ ।
तर, रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने सहभागी नहुने भएका छन् । कांग्रेसका सभापति गगन थापा अन्तिम समयमा महाधिवेशनमा सहभागी हुने निर्णयमा पुगेका छन् । एमालेबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली तथा नेकपाबाट नेता वर्षमान पुन सहभागी हुने भएका छन् ।
त्यस्तै, जनमतका अध्यक्ष डा.सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि महाधिवेशनमा सहभागी हुन चितवन जाने भएका छन् । यता श्रम संस्कृति पार्टीबाट भने कोही पनि प्रतिनिधि सहभागी नहुने भएको सो पार्टीका नेताहरूले बताएका छन् । राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने भएका छन् ।
रास्वपाको पहिलो महाधिवेशन आइतबार उदघाटन हुँदैछ असार ८ र ९ गते बन्द सत्र र निर्वाचन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
-
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
-
डिम्ब तस्करी विरुद्ध विरोध प्रदर्शन
-
आईजीपीको जन्मथलोमा विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर
-
मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन : प्रधानमन्त्री शाह
-
पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण