आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले गर्‍याे उद्धार

आइतबार, ०७ असार २०८३, २० : २०
आइतबार, ०७ असार २०८३

रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको टोलीले बागमती नदीमा अचानक आएको बाढीका कारण फसेका १४ जना स्थानीयको सकुशल उद्धार गरेको छ।

आइतबार दिउँसो करिब पौने ४ बजे दुर्गाभगवती गाउँपालिका–३ मत्सरीघाटस्थित बागमती नदी पारि मुंगको दाल टिपेर फर्कने क्रममा ११ जना महिला र ३ जना बालिका नदीको बिच भागमा रहेको टापुमा फसेका थिए।

नदीमा एक्कासि पानीको बहाव बढेपछि उनीहरू नदी पार गर्न नसकी जोखिममा परेका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेक्वा तथा मातहतका इकाइबाट  असई  यज्ञबहादुर योञ्जनको कमाण्डमा डिजास्टर म्यानेजमेन्ट (डीएम) टोलीसहित १७ जना सुरक्षाकर्मी र रबर बोट परिचालन गरिएको थियो।

उद्धार टोलीले करिब एक घण्टाको प्रयासपछि अपराह्न ५ बजे रबर बोटमार्फत सबैलाई सुरक्षित रूपमा उद्धार गरी घर फर्काएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले जानकारी दिएका छन्।

मनसुन सक्रिय भएसँगै नदी तथा खोलामा पानीको सतह बढ्ने क्रम जारी रहेकाले आवश्यक सतर्कता अपनाउन सशस्त्र प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप