सर्वोच्चको आदेश :कानुन व्यवसायीलाई तत्काल कोरोना विरुद्धको दोस्रो डोजको व्यवस्था गर
बिहीबार, २० जेठ २०७८, १७ : ५४
कोरोना भाइरसको पहिलो डोज खोप लगाएका कानुन व्यवसायीलाई तत्काल दोस्रो डोजको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा अन्तरिम आदेश दिएको हो ।
अधिवक्ता उमेश प्रसादले पहिलो डोज लिएका ७ सय ५० जना कानुन व्यवसायीले दोस्रो डोज लगाउन नपाएको भन्दै सर्वोच्चमा रिट हालेका थिए । सो रिटमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, विनोदकुमार तथा अधिवक्ता विजय मिश्र, सुनिल पोखरेल र ऋषिराम घिमिरे लगायतले भर्चुअल माध्यमबाट बहस गरेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण