आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यो साता अमेरिकामा मार्च २०२० यताकै कम संक्रमण

शुक्रबार, २१ जेठ २०७८, १४ : ३९
शुक्रबार, २१ जेठ २०७८

अमेरिकाका पछिल्लो साता (बुधबारदेखि बुधबारसम्म) प्रतिदिन औसतमा १६ हजार ८ सय ६० जनामा संक्रमण देखियो  । पहिलो लहरमा अमेरिकामा २०२० को अप्रिलमा संक्रमण बढेपनि १ जुनसम्म आइपुग्दा केही घटेको थियो । १ जुन, २०२० मा एक साताको हिसाब निकाल्दा औसत दैनिक १९ हजार जना संक्रमित भएको पाइएका थिए । 

त्यसपछि अमेरिकामा कुनै पनि साता औसत (१९ हजारको दैनिक) थ्रेसहोल्ड घटेको यसैपटक हो ।  एनबीसी न्यूजको विश्लेषणअनुसार अहिलेको प्रति साता दैनिक औसत संख्या मार्च २०२० यताकै कम हो ।  अमेरिकामा गत जाडोयाममा कोरोना भाइरस उच्चमा थियो । यतिबेला एकै दिन ३ लाखभन्दा बढी संक्रमित पनि भेटिएका थिए । अहिले अमेरिकामा धेरै हदसम्म कोरोना नियन्त्रणमा आइसकेको छ । खोपका कारण पनि यस्तो भएको विज्ञहरु बताउँछन् ।  

विश्वमा कोरोना भाइरसबाट सर्वाधिक प्रभावित देशको सूचीमा अमेरिका पहिलो नम्बरमा आउँछ । यहाँ ३ करोड ४१ लाखभन्दा धेरै जनसंख्या कोरोनाबाट संक्रमित भइसकेको छ ।  त्यस्तै ६ लाख ११ हजार ६ सय ११ जनाले ज्यान गुमाइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप