यो साता अमेरिकामा मार्च २०२० यताकै कम संक्रमण
अमेरिकाका पछिल्लो साता (बुधबारदेखि बुधबारसम्म) प्रतिदिन औसतमा १६ हजार ८ सय ६० जनामा संक्रमण देखियो । पहिलो लहरमा अमेरिकामा २०२० को अप्रिलमा संक्रमण बढेपनि १ जुनसम्म आइपुग्दा केही घटेको थियो । १ जुन, २०२० मा एक साताको हिसाब निकाल्दा औसत दैनिक १९ हजार जना संक्रमित भएको पाइएका थिए ।
त्यसपछि अमेरिकामा कुनै पनि साता औसत (१९ हजारको दैनिक) थ्रेसहोल्ड घटेको यसैपटक हो । एनबीसी न्यूजको विश्लेषणअनुसार अहिलेको प्रति साता दैनिक औसत संख्या मार्च २०२० यताकै कम हो । अमेरिकामा गत जाडोयाममा कोरोना भाइरस उच्चमा थियो । यतिबेला एकै दिन ३ लाखभन्दा बढी संक्रमित पनि भेटिएका थिए । अहिले अमेरिकामा धेरै हदसम्म कोरोना नियन्त्रणमा आइसकेको छ । खोपका कारण पनि यस्तो भएको विज्ञहरु बताउँछन् ।
विश्वमा कोरोना भाइरसबाट सर्वाधिक प्रभावित देशको सूचीमा अमेरिका पहिलो नम्बरमा आउँछ । यहाँ ३ करोड ४१ लाखभन्दा धेरै जनसंख्या कोरोनाबाट संक्रमित भइसकेको छ । त्यस्तै ६ लाख ११ हजार ६ सय ११ जनाले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण