शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको पौडेल पक्षीय बैठक चाक्सीबारीमा

मङ्गलबार, ०१ असार २०७८, ०९ : ५१
मङ्गलबार, ०१ असार २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय बैठक सुरु भएको छ । साढे ९ बजे काँग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बसेको हो ।

पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा पौडेलले आफू पक्षीय नेताहरुसँग छलफल गर्न खोजेको बुझिएको छ । यसअघि पौडेलले जेष्ठ १९ गते संस्थापन इत्तर पक्षीय केन्द्रीय सदस्यसँग भर्चुअल मिटिङ गरेका थिए ।

पछिल्लो समय सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल कागजी महाधिवेशन गर्ने गरी चोचोमोचो मिलाएको पौडेल पक्षमा आशंका छ ।

कोरोना र विकसित राष्ट्रिय राजनीतिका कारण महाधिवेशन गर्न नसकिए काँग्रेसमा वर्तमान पदाधिकारीलाई यथावत राखेर नयाँ विधानले परिकल्पना गरेको थप पदाधिकारीको संख्या थपेर पार्टीभित्र आम सहमति खोज्ने विकल्पमाथि बहस भइरहेको छ ।

सोमबार मात्र नेता शेखर कोइरालाले पौडेल समेत सहभागी भर्चुअल अन्तक्रिया कार्यक्रमा सोही विकल्पमाथि देउवासँग सम्झौता गरिएको भन्दै सार्वजनिक गर्ने भनेका थिए । केही पदाधिकारी र सदस्य थपेर महाधिवेशन भएको भनेर मिलाउन खोजिए आफूलाई स्वीकार्य नहुने चेतावनी दिएका थिए ।

नयाँ प्रस्तावित कार्यतालिका देखाउनका लागि मात्र ल्याएको उनको आशय थियो । नयाँ कार्यतालिका अनुमोदन गर्न विहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि पौडेल पक्षीय समान धारणा बनाउन बैठक राखेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप