दाङमा एक पुरुषले गरे श्रीमतीको हत्या
बिहीबार, ०३ असार २०७८, १८ : २३
दाङको घोराहीमा घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बन्चरो प्रहार गरि ४६ वर्षीय स्यानाकुमारी चौधरीको हत्या गरेका हुन् । घरायसी विवादका कारण चौधरीले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको छ ।
घरायसी विवादपछि बुधबार चौधरीले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरि सख्त घाइते बताएका थिए । उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा स्याना कुमारीको बिहीवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए । बन्चरो प्रहार गर्ने चौधरीलाई प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान शुरु गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गिल्टी अर नट गिल्टी’ मञ्चन गर्दै कौसी थिएटर
-
केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन परेको याचिका सर्वोच्च अदालतद्वारा खारेज
-
भक्तपुरमा दिउँसै नगद र सुनका गरगहना चोरी
-
नुहाउने क्रममा डुबेर चार जनाको मृत्यु
-
दीपिकाले पूरा गरिन् कल्कि २८९८ एडीको डबिङ
-
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री