दाङमा एक पुरुषले गरे श्रीमतीको हत्या
बिहीबार, ०३ असार २०७८, १८ : २३
दाङको घोराहीमा घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बन्चरो प्रहार गरि ४६ वर्षीय स्यानाकुमारी चौधरीको हत्या गरेका हुन् । घरायसी विवादका कारण चौधरीले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको छ ।
घरायसी विवादपछि बुधबार चौधरीले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरि सख्त घाइते बताएका थिए । उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा स्याना कुमारीको बिहीवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए । बन्चरो प्रहार गर्ने चौधरीलाई प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान शुरु गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण