महँगी नियन्त्रणका लागि सक्रियता बढाउन उद्योग मन्त्रीको निर्देशन
नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले कालोबजारी र महँगी नियन्त्रणका लागि प्रशासनलाई सक्रियता बढाउन निर्देशन दिएका छन् ।
मन्त्री यादवले आइतबार विराटनगरमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बजारमा भइरहेको कालोबजारी, महँगी नियन्त्रणलगायतको क्षेत्रमा तत्कालै कडाइ गर्न प्रशासनलाई निर्देशन दिएका हुन् ।
अन्तरक्रियामा सहभागी सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा प्रदेश १ का डीआईजी तथा सम्बन्धित कर्मचारीहरुलाई मन्त्री यादवले आमजनतालाई सहज हुने गरी बजारतर्फ विशेष ध्यान दिन निर्देशन दिए ।
उनले लकडाउन तथा सम्भावित बाढी पहिरोलाई ध्यानमा राखी बजारमा हुनसक्ने कृत्रिम अभावतर्फ विशेष ध्यान दिन जोड दिए । मन्त्री यादवले उपभोक्ता हितलाई ध्यानमा राख्दै व्यापारी तथा कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिको सम्बोधनमा कांग्रेसले किन गरेन अवरोध ?
-
संसद्को रमिता कहिले हट्छ ? ‘कांग्रेसलाई सोध्नुस्’ : रवि लामिछाने
-
श्रममा सरकारको नीति तथा कार्यक्रम : नयाँ श्रम गन्तव्य मुलुक खोज्नेदेखि श्रमको अडिटसम्म
-
कांग्रेसबाट संसद्मा अशोभनीय काम भयो : अर्थमन्त्री पुन
-
फैसलाको आशमा उच्च अदालत अगाडि भिड, तस्बिरहरू
-
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन