शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

म क्यान्सरमुक्त भएँ, सभापतिमा लड्छु : सुजाता कोइराला

‘एमालेमा राष्ट्रपति भइसके, काँग्रेसमा महिलालाई सघाउनुपर्यो नि’
सोमबार, ०७ असार २०७८, १९ : ४१
सोमबार, ०७ असार २०७८


नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले पनि केन्द्रीय सभापतिमा उम्मेदवारी बताएकी छन् । पार्टी सभापतिमा महिलालाई जिताएर काँग्रेसले इतिहास रच्नुपर्ने सुजाताको भनाइ छ ।

‘मैले सभापतिमा लड्छु भनिसकेकी छु,’ कोइरालाले रातोपाटीसँग भनिन्, ‘आजसम्म नेपाली काँग्रेसमा माथिल्लो पदमा महिला आएका छैनन्, एमालेमा महिला राष्ट्रपति भइसकेका छन् ।’

आगामी भदौ १६–१९ मा हुने महाधिवेशनका लागि नेपाली काँग्रेसमा करिब एक दर्जन नेताहरु सभापतिका दाबेदार देखिएका छन् । त्यसमा पनि कोइराला परिवारबाटै तीन नेता सभापतिको दौडमा देखिएका छन् । कोइराला परिवारका नेताहरु डा. शशांक र डा. शेखर कोइरालाले सभापतिमा बेग्लाबेग्लै दाबी गरिरहेका बेला भर्खरै क्यान्सरबाट मुक्त बनेकी सुजाताले पनि सभापतिमा उठ्ने घोषणा गरेकी छन् ।

यसका लागि आफूले सरसल्लाह गरिरहेको र कोइराला परिवारबाट एकैजनाको उम्मेदवारी पर्न सक्ने सम्भावनासमेत औंल्याइन् । डा. शशांक र शेखर आपसमा मिल्नुपर्ने, नभए आफूलाई सभापति बनाउनुपर्ने उनले बताइन् ।

नेपाली काँग्रेसको वर्तमान स्थिति, आगामी महाधिवेशनमा कोइराला परिवारको भूमिका अनि राष्ट्रिय राजनीतिका विषयमा केन्द्रित रहेर रातोपाटीले काँग्रेस नेतृ सुजातासँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ –

स्वास्थ्यमा समस्या (क्यान्सर) देखिएपछि तपाईं राष्ट्रिय राजनीतिको फ्रन्टलाइनबाट ओझेल पर्नुभएको छ । अहिले स्वास्थ्य अवस्था कस्तो छ ?

अहिले मेरो स्वास्थ्य एकदमै ठीक छ । साँच्चिकै भन्दा मलाई क्यान्सर हुनुअघि भन्दा अहिले म बढी फिट छु । किनभने मैले स्वास्थ्यमा ध्यान दिन थालेँ, पहिले ध्यान दिन्नथेँ । अहिले म एकदमै स्वस्थ छु । स्वास्थ्यमा कुनै समस्या छैन ।

तर, स्वास्थ्य समस्याका कारण तपाईं राजनीतिबाट विश्राम लिने चर्चा थियो....

क्यान्सर हुँदा मलाई एकदम ‘सक्ड’ भएको थियो । जब मेरो अप्रेसन भयो, अनि म ‘एन्जाइटी’ मा गएँ । डिप्रेसनको समस्या देखियो । तर, ममा यस्तो तागत आयो, म बाँच्नुपर्छ, मैले धेरै काम गर्नुछ र मेरो धेरै दायित्व छ भनेर बाँच्ने इच्छाशक्ति आयो ।

मैले मेडिटेसन (ध्यान) गरें । मैले धेरै दिन औषधि खाइनँ । औषधिले रोग निको पार्दैन, दबाउँछ मात्र । औषिध थप्दा–थप्दा अन्त्यमा तपाई रोगी भएर निस्किनुहुन्छ । यसका लागि मैले धेरै अध्ययन र अनुसन्धान गरेँ । मेरा छोराछोरीले पनि मलाई असाध्य सहयोग गरे । अनि जे कुरा म पहिले गर्दिनथें, त्यही कुरा गर्न थालेँ । मैले मेडिटेसन गरें । गुरुजी आउनुभयो । गुरुजीले प्रवचन दिनुभयो । मलाई त्यसले काउन्सिलिङ गर्यो । अनि म विस्तारै विस्तारै.... ठीक हुँदै गएँ ।

मैले किमो नलिएर पनि आफूलाई ठीक पारेँ । अहिले पाँच वर्ष पूरा भयो । अहिले म क्यान्सरबाट मुक्त छु । परिवार र नजिकका साथी बोलाएर सेलिब्रेट गर्दैछु । ईच्छाशक्ति भए किमो नलिएर पनि मान्छे बाँच्न सक्दोरहेछ भन्ने मलाई विश्वास भयो ।

प्रधानमन्त्री र राष्ट्रपति मिलेर लोकतान्त्रिक मूल्यमान्यता विपरीत काम गरिराख्नुभएको छ । उहाँले आफ्नै पार्टीलाई पनि जोगाउन सक्नुभएन । सत्ता कब्जा गर्ने र सबै मै हो भन्ने उहाँमा प्रवृत्ति देखियो । यसले मुलुक तहस–नहस भयो । प्रजातन्त्र आएयता मैले कहिल्यै यस्तो अस्थिर अवस्था देखेको छैन ।

आफ्नो स्वास्थ्य ठीक भएको सुनाउनुभयो । तर, देशको अवस्था त बिग्रिँदै गएको छ नि ? पछिल्लो राजनीतिलाई कसरी हेरिराख्नु भएको छ ?

राजनीतिक अवस्था म राम्रो देखिराखेको छैन । किनभने, यत्रो बहुमत प्राप्त गरेको सरकारले राष्ट्रिय समस्या निम्याइदियो । हामीले सोचेका थियौं, अब देशबाट अस्थिरता जान्छ । जनताले त्यसैले भोट हालेका थिए । विपक्षी भए पनि हामी प्रजातान्त्रिक सिस्टममा जानुपर्छ, त्यसलाई खल्बल्याउनुहुँदैन । संसद चल्नुपर्छ र प्रजातान्त्रिक अध्यासबाट जानुपर्छ भनेर सरकारलाई हामीले सपोट पनि गर्यौं । बहुमत सरकारलाई काम गर्न दिउँ भन्ने भयो । अर्कोपटक हामी जित्छौं भन्ने थियो ।

तर, प्रधानमन्त्री (ओली) जीले हामीले यत्रो दुःख गरेर लेखेको संविधान मिच्ने काम गर्नुभयो । उहाँले दुईचोटि प्रतिनिधिसभा विघटन गर्नुभयो । उहाँले हरेकजसो निर्णय गलत गरिराख्नुभएको छ । प्रधानमन्त्री र राष्ट्रपति मिलेर लोकतान्त्रिक मूल्यमान्यता विपरीत काम गरिराख्नुभएको छ ।

उहाँले आफ्नै पार्टीलाई पनि जोगाउन सक्नुभएन । सत्ता कब्जा गर्ने र सबै मै हो भन्ने उहाँमा प्रवृत्ति देखियो । यसले मुलुक तहस–नहस भयो । प्रजातन्त्र आएयता मैले कहिल्यै यस्तो अस्थिर अवस्था देखेको छैन । संविधानसभाबाट भने यो संविधान च्यात्ने काम गरौं  भने शान्ति प्रक्रिया पनि भंग हुन्छ । मुलुक पुरानै अवस्थामा फर्किन्छ । यो संविधानको मर्म र भावना बुझ्नुपर्छ । यसलाई हामीले खलबल्याउने काम गर्नु हुँदैन । यसमा सबै गम्भीर बन्नुपर्छ ।

यो अस्थिरता काँग्रेसको नेतृत्वमा सरकार बनेपछि रोकिन्छ त ?

लोकतन्त्र बचाउनुपर्छ । लोकतान्त्रिक पद्दतिमै टेकेर हामी अगाडि बढ्नुपर्छ । काँग्रेसको नेतृत्वमा सरकार बनाउन हामीले हस्ताक्षर गरेर सर्वोच्चमा रिट दियौं । मुलुक अब चुनाबमै जाने हो । त्यसका लागि सर्वदलीय सरकार बन्नुपर्छ । अस्थिरतालाई समाप्त गर्न त्यसको विकल्प छैन ।

हामी संसदीय पद्दतिबाट नै अगाडि जानुपर्छ । हाम्रो यो संविधानमा केही त्रुटि छन् । यही संविधानका आधारमा टेकेर ती त्रुटिलाई विस्तारै संशोधन गर्न सकिन्छ । सबै मुलुकमा त्यही हुन्छ । संविधान च्यातेर फ्याकिन्न । अस्थिरताको अवस्था निम्त्याइँदैन । ओेलीजीले संविधान मिचेर गरेका निर्णयले राम्रो संकेत देखाएको छैन ।

मुलुकलाई निकास दिन हामी सबै मिलेका हौं । अवरुद्ध भएको लोकतन्त्रलाई ट्रयाकमा ल्याउन हामी मिलेका हौं । केही समयसम्म हामी मिलेर जानुपर्छ । आगामी चुनाव र त्यसपछिको ५ वर्ष हामी मिलेर जानुपर्छ जस्तो लाग्छ । किनभने, वर्तमान व्यवस्था संस्थागत हुन कम्तिमा पाँच वर्ष सहमति र सहकार्यको राजनीतिको आवश्यकता मैले देखेकी छु ।

राम्रो संकेत देखाएको छैन भन्नुभयो, तपाईंको आशंका कहाँनेर हो ?

बहुदलीय व्यवस्था नै समाप्त पारिन्छ कि भन्ने शंका धेरै मानिसमा उत्पन्न भएको छ । त्यसलाई सफल हुन नदिन सर्वदलीय सरकार बन्नुपर्छ । संसदीय व्यवस्थालाई जोगाउनुपर्छ ।  संसदलाई सक्रिय बनाउन संसद पुनस्र्थापना हुनुपर्छ । सबै कुरा हेर्दा मलाई लाग्छ, पुनस्र्थापना हुन्छ पनि ।

मुलुकमा देखिएको राजनीतिक ध्रुवीकरणलाई चाहिँ कसरी हेर्नुभएको छ ?

यो ध्रुवीकरण केपी ओलीकै कमजोरीका कारणले भएको देख्छु । किनभने, नेतृत्व त उहाँको हो नि । कम्युनिस्टहरु एउटा ठाउँमा ल्याउँदा प्रचण्डजीसँग जे प्रतिवद्धता गर्नुभएको थियो, त्यो लत्याउनुभयो । सबै कुरा आफ्नो हातमा लिएर तानाशाही प्रवृत्तिले अगाडि बढ्न खोज्नुभयो । पार्टी मिलाउन र त्याग गर्न खोज्नुभएन । त्यसको परिणाम आज देशले भोग्नुपरेको छ । देशको संविधान निल्नुभएको छ । उहाँबाट गम्भीर गल्ती भएका छन् । उहाँलाई इतिहासले माफी दिने छैन ।

अब कोभिडपछि हामीले आफूलाई परिवर्तन गर्नुपर्छ । पार्टीको चुनाव देशको चुनाव होइन । पार्टीको चुनाव हामीले जिल्लामै गरौं भन्ने मेरो राय हो । त्यो कसरी गर्ने सबैको सरसल्लाहमा तय हुन्छ । केन्द्रीय कार्यसमितिमा पनि सबैले आ–आफ्नो राय दिनुभएको थियो । एउटा ठोस निर्णयमा पुग्नुपर्छ ।

माओवादी, जसपा र माधव नेपाल समूहसँग काँग्रेसको गठबन्धन कहिले र कहाँसम्म जाला ?

मुलुकलाई निकास दिन हामी सबै मिलेका हौं । अवरुद्ध भएको लोकतन्त्रलाई ट्रयाकमा ल्याउन हामी मिलेका हौं । केही समयसम्म हामी मिलेर जानुपर्छ । आगामी चुनाव र त्यसपछिको ५ वर्ष हामी मिलेर जानुपर्छ जस्तो लाग्छ । किनभने, वर्तमान व्यवस्था संस्थागत हुन कम्तिमा पाँच वर्ष सहमति र सहकार्यको राजनीतिको आवश्यकता मैले देखेकी छु ।

अब काँग्रेसको आन्तरिक कुरो गरौं । नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको सरगर्मी बढेको छ । यसपटक तपाईंको तयारी के छ ?

वेबिनार मिटिङ गरेर सम्पर्क बढाइरहेकी छु ।  वेबिनार मिटिङका माध्यमले जिल्ला जिल्लाका साथीहरुसित सम्पर्क भइरहेको छ । कोभिडको महामारीले आइसोलेसनमा भइरहेको महसुस भएको थियो । तर, वेबिनारमा एक्टिभ भएदेखि आफ्नो आवाज त्यहाँ उठाइराखेकी छु । जिल्लामा देखिएका समस्या पनि सुनिरहेकी छु ।

कार्यकर्ताबाट के–कस्ता सुझावहरु आइरहेका छन् ?

यस्तो अवस्थामा अधिवेशन कसरी गराउने ? अधिवेशन हुन सक्छ सक्दैन ? अधिवेशन गराउनैपर्छ, तर कस्तो मोडालिटीमा जाने भन्ने कुरामा छलफल भइरहेको छ । मैले काठमाडौंमा ट्राफिक जाम गरेर महाधिवेशन गर्ने प्रचलन हटाउने कुरा गरिरहेकी छु । तामझाम गरेर महाधिवेशन गर्न सक्ने अवस्था पनि छैन ।

अब कोभिडपछि हामीले आफूलाई परिवर्तन गर्नुपर्छ । पार्टीको चुनाव देशको चुनाव होइन । पार्टीको चुनाव हामीले जिल्लामै गरौं भन्ने मेरो राय हो । त्यो कसरी गर्ने सबैको सरसल्लाहमा तय हुन्छ । केन्द्रीय कार्यसमितिमा पनि सबैले आ–आफ्नो राय दिनुभएको थियो । एउटा ठोस निर्णयमा पुग्नुपर्छ । बार एशोसिएसन, पत्रकार महासंघले पनि कोभिडकै बीचमा चुनाव गराएका छन् । त्यसैगरी हामीले पनि गराउन सक्छौं । पार्टीको वैधानिकता कमजोर हुन नदिन पनि चुनाव त गराउनैपर्छ ।

चुनाव गराउने कुरा त छँदैछ । त्यसमा आफूलाई कहाँ उभ्याउने सोचमा हुनुहुन्छ ?

 मैले सभापतिमा लड्छु भनेर भनिसकेकी छु । एउटा महिला पनि । आजसम्म नेपाली काँग्रेसमा महिला माथिल्लो पदमा कोही पनि आएको छैन । एमालेमा राष्ट्रपति भइसकेका छन् । अब नेपाली काँग्रेसले पनि इतिहास बनाउनुपर्छ । नेपाली काँग्रेस पनि अलि उदार हुनुपर्छ । पुरातनवादी पार्टी हुनुभएन । ५१ प्रतिशत महिला भएको देशमा एउटी महिलाले नेपाली काँग्रेसको सभापति लड्छु भन्दा सबैले सहयोग गर्नुपर्यो नि । पार्टीमा सबै नेताको त्याग छ । त्यसैले छलफल त गर्नैपर्छ । सबैको सहमतिमै जाने हो । तर, महिलाको नाता र मेरो कामको मूल्यांकन गरेर सबैले मलाई समर्थन गर्नुहुन्छ भन्ने लागेको छ ।

पारिवारिक विरासत मात्र होइन, व्यक्तिगतरुपमा मैले काम गरेकी छु । कसैको नामबाट मात्र म आएकी होइन । यहाँसम्म म काम गरेर आएकी छु । मैले पार्टीका लागि धेरै काम गरेकी छु । मिहेनत गरेकी छु । मैले जति काम गरेकी छु, त्यसको प्रतिफल पाएको छैन । काम नै नगरेर पारिवारिक विरासतका हिसाबले आउन चाहने मान्छे होइन । सभापतिमा लड्ने मेरो अधिकार हो । म लड्छु ।

१३ औं महाधिवेशनमा सुरुमा सभापतिमा लड्ने बताउनुभयो । तर, अन्तिममा ब्याक हुनुभयो । १४ औं महाधिवेशनमा पनि त्यही हुन्छ कि ?

१३ औं महाधिवेशनमा मैले त्याग गरेँ । अब जहिल्यै पनि मैले नै त्याग गर्नुपर्छ भन्ने छैन । तर, पार्टीमा धेरैजना हुनुहुन्छ । अहिले गाह्रो अवस्था छ । चुनौतीहरु धेरै छन् । यो चुनौतीको सामना गर्नु छ । त्यसैले सबैजना बसेर, सरसल्लाह गरेर हामी एकजना उठ्छौं । मलाई लाग्छ, म महिला हुँ, काम पनि गरेर आएकी हुँ ।

पारिवारिक विरासत पनि........

पारिवारिक विरासत मात्र होइन, व्यक्तिगतरुपमा मैले काम गरेकी छु । कसैको नामबाट मात्र म आएकी होइन । यहाँसम्म म काम गरेर आएकी छु । मैले पार्टीका लागि धेरै काम गरेकी छु । मिहेनत गरेकी छु । मैले जति काम गरेकी छु, त्यसको प्रतिफल पाएको छैन । काम नै नगरेर पारिवारिक विरासतका हिसाबले आउन चाहने मान्छे होइन । सभापतिमा लड्ने मेरो अधिकार हो । म लड्छु । त्यसले नेपाली काँग्रेसलाई नराम्रो हुँदैन । सबैले सहयोग पनि गर्नुहुन्छ भन्ने विश्वास छ । तर, सहमति गरेर जान पनि तयार छु ।

वर्तमान सभापति शेरबहादुर देउवाले फेरि सभापति बन्न तयारी थालिसकेको अवस्था छ, यसलाई कसरी हेरिराख्नुभएको छ ?

उहाँ अभिभावक भएर हामी सबैलाई सहयोग गर्दा सबैभन्दा राम्रो हुन्थ्यो । तर, सभापतिमा दोहोरिने उहाँको अधिकारको कुरा हो । उहाँलाई नलड्नुस् कसरी भन्ने ? मैले हामीलाई सहयोग गरिदिनुस् भनेर आग्रह गर्न सक्छु । तर, मैले तपाईं लड्नै पाउनुहुन्न त भन्न मिल्दैन । जित्ने–हार्ने आफ्नो ठाउँमा छ ।

१३ औं महाधिवेशनमा कोइराला परिवारबाट शेरबहादुर देउवाले खोसेको नेतृत्व १४ औं महाधिवेशनमा फर्काउन सक्नुहुन्छ ? त्यसको सम्भावना कत्तिको देख्नुभएको छ ?

कोइराला परिवार भनेर यो राजाको परिवार त होइन नि, एउटापछि अर्को आउने । हाम्रो बुवा, बाजे र उहाँका साथीभाइ र समर्थकहरुको त्याग तपस्याले डेमोक्रेसी आएको हो । सधैंभरि कोइराला नै हुन्छ भन्ने छैन । भोलि हामी पछि को त ? हाम्रा छोराछोरीले राजनीति गर्दैनन् । उनीहरुको अन्य रुची छ । शशांक  र शेखरका छोराछोरीले पनि राजनीति गर्छन् जस्तो मलाई लाग्दैन ।

जहिले पनि कोइराला नै हुँदैन । तर, काम गरेर, खटेर आउने हो । गिरिजाबाबु नाम भजाएर मात्र त आउनुभएको होइन नि । रातदिन खट्नुभयो । जेलनेल जानुभयो । दुःख गर्नुभयो । जनताले माने । पार्टीका कार्यकर्ताले माने र न उहाँ सभापति हुनुभयो । हामी पनि काम गरेर आउने हो ।

कोइराला परिवारबाटै तीन (शंशाक शेखर र सुजाता) जना सभापतिको दौडमा देखिनुभएको छ, यसलाई कसरी मिलाउनुहुन्छ ?

यसलाई मिलाउनुपर्छ । जो उठे पनि एक जना उठ्नुपर्छ । सबैजना उठेको राम्रो पनि देखिँदैन । त्यसले नराम्रो सन्देश जान्छ । उहाँहरु दुईजनाले बस्दै बस्दिनँ भनेपछि त्यसरी म चुनाव लड्न चाहन्नँ । तर, मलाई सबैले समर्थन गर्छन् वा तपाईं लडिदिनुस्, हामी सबै सहयोग गर्छौं भनेको अवस्थामा म चुनाव लड्छु ।

शशांक  र शेखरबीच नै टक्कर हुने परिस्थितिमा तपाईको समर्थन दाइलाई कि भाइलाई ?

उहाँहरु दुईजना लड्न उचित देखिँदैन । एकजना लड्नुपर्छ । जो लडे पनि हामी तीन जनामा एकजना मात्र लड्नुपर्छ । पार्टीका साथीहरु अरु पनि छन्, जसले त्याग गरेका छन् । यो पार्टीमा संघर्ष गरेका छन् । उहाँहरु पनि त हुनुहुन्छ इच्छा राख्ने । सबैको सहमति हुनुपर्यो नि । तर, मलाई लाग्छ उहाँहरु मिल्नुहुन्छ ।

त्यही त समस्या छ । हामी तीनजनाको बीचमा एकजना हौंला । तर, अरु पनि हुनुहुन्छ । बसेर छलफल त गर्नुपर्यो नि । छलफल गर्ने काम भएको छैन । आज बिहान यही कुरा गर्न मैले रामचन्द्रजीलाई फोन गरेकी थिएँ । कसैलाई सभापतिका रुपमा अगाडि सार्न बसेर छलफल गर्नुपर्छ । हारे हार्छु तर उठ्छु भनेर कि सबै उठ्ने भए अर्कै कुरा हो । होइन भने, यो पक्षबाट जित्ने गरी एकजना उठ्नुपर्छ ।

तर, शशांक र शेखर दुबैले अहिलेसम्म एकले अर्कालाई नछोड्ने रणनीति लिएको पाइन्छ । त्यसमा तपाई शशांकतिर कि शेखरतिर ?

त्यो त म अहिले भन्न सक्दिनँ । उहाँहरुले सोच्नुपर्छ । म आफै उठ्छु भनिरहेकी छु । उहाँहरु दुई जना मिल्न सक्नुभएन भने मलाई समर्थन गर्नुस् । म उठ्छु । तर, म मिलाएर जानुपर्छ भन्ने मान्छे हो । महिला लोभी पनि हुँदैनन् । महिलाको आफ्नै क्यारेक्टर हुन्छ । त्यसैले महिलालाई पनि एकचोटि चान्स दिनुपर्छ भनेर विश्वभरि कुरा उठिरहेको छ । त्यही कारण ममा पनि सबैलाई मिलाएर जाउँ भन्ने स्वभाव छ । पार्टीको चिन्ता बढी छ । पार्टी सिद्धिध्यो भने हाम्रो के इज्जत रह्यो !

शशांकभन्दा शेखरतिर तपाईको झुकाव बढी रहेको काँग्रेसवृत्तमा चर्चा छ नि ? त्यस्तै हो त ?

 म दुबै जनालाई सम्मान गर्छु । दुबैको पार्टीमा उत्तिकै योगदान छ । मेरो झुकाव कसैप्रति बढी र कसैप्रति घटी छैन । दुबैजना मिल्नुपर्छ भन्ने छ ।

कोइराला परिवारसँगै संस्थापनइत्तरबाट धेरैजना सभापतिका दाबेदार हुनुहुन्छ । त्यसमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले अभियान नै थालेको देखिन्छ । चुनाव जित्न त सबै एक हुनुपर्ने होला नि ?

त्यही त समस्या छ । हामी तीनजनाको बीचमा एकजना हौंला । तर, अरु पनि हुनुहुन्छ । बसेर छलफल त गर्नुपर्यो नि । छलफल गर्ने काम भएको छैन । आज बिहान यही कुरा गर्न मैले रामचन्द्रजीलाई फोन गरेकी थिएँ । कसैलाई सभापतिका रुपमा अगाडि सार्न बसेर छलफल गर्नुपर्छ । हारे हार्छु तर उठ्छु भनेर कि सबै उठ्ने भए अर्कै कुरा हो । होइन भने, यो पक्षबाट जित्ने गरी एकजना उठ्नुपर्छ । शेरबहादुरजीलाई हराउने हो भने सबैले त्याग पनि गर्नुपर्यो । सबै उठ्छु भनेर त भए न नि ।

यही विषयमा छलफल गर्न फोन गरेको, उहाँ (रामचन्द्रजी) ले फोन नै उठाउनुभएन । मलाई चिन्ता लाग्यो । शेरबहादुरजीले पनि चुनावी अभियान सुरु गरिसक्नुभयो ।

अघिल्लोपटक रामचन्द्र पौडेलकै आग्रहमा सभापतिको दौडबाट तपाईं ब्याक हुनुभएको थियो । योपटक उहाँले दोस्रो पुस्ताका लागि बाटो छोडिदिने सम्भावना देख्नुभएको छ ?

उहाँले पनि उठ्छु भनिराख्नुभएको छ । मैले त शेरबहादुरजी, रामचन्द्रजी दुबैजनाले हामीलाई सपोट गरिदिनुस्, अहिलेको अवस्थामा तपाईहरु नउठेकै राम्रो भन्ने हो । विस्तारै नयाँ अनुहार पनि आउनुपर्यो । कार्यकर्ताले नयाँ मान्छेको नेतृत्व पनि हेर्न चाहेका छन् । नेपाली काँग्रेस कमजोर हुँदा मुलुक कमजोर हुँदोरहेछ भन्ने त देखियो । हाम्रो कमजोरीका कारण कमजोर प्रतिपक्षी हुनुपर्यो । अब हामीले सिक्नुपर्यो नि । आउने पुस्ताका लागि पार्टी बनाइदिनुपर्यो नि भन्ने मेरो चाहना हो ।

सबैले त्याग गरे म पनि त्याग गर्न तयार छु भनेर मिटिङमा कुरा राखुँला भनेर फोन गरेको, आज सम्पर्क भएन । बैठक भयो भने कुरा राख्छु ।

तपाईं सभापतिका लागि चुनावमा जाँदा कस्तो टिम बनाएर जानुहुन्छ ?

त्यो पनि म सल्लाह गर्छु । नेपाली काँग्रेसमा धेरै पुराना साथीहरु हुनुहुन्छ, उहाँहरुसँग पनि सल्लाह सुझाव लिन्छु । उहाँहरुलाई पनि साथमा लिएर जान्छु ।

उहाँले ‘ग्रासरुट’ बाट आएको मान्छे भन्नुभएको होला । तर, मेरो भनाइ के हो भने आ–आफ्नो ठाउँमा सबैको योगदान छ । पार्टी चलाउन सक्षम, लोकप्रिय, अन्तराष्ट्रिय कनेक्सन, देश बनाउने खाका  र आर्थिक नीति सबै बुझेको मान्छे चाहियो नि ।

तपाईंको टिमबाट रामचन्द्र पौडेल र कोइराला परिवारमध्ये एकजना सभापतिमा लड्ने परिस्थितिमा कोइराला परिवार सबै एक ठाउँमा रहन्छन् कि रहँदैनन् ?

यो उहाँहरु (शेखर र शशांक) दुईजनामा निर्भर रहन्छ । मलाई लाग्छ, हामी एक नै भएर जान्छौं होला ।

कोइराला परिवारबाटै मलाई असफल देखाउने प्रयत्न भयो भन्ने महामन्त्री शशांक कोइरालाको गुनासो सुनिन्छ, यसमा के भन्नुहुन्छ ?

यसबारे मलाई थाहा छैन । तर, उहाँ महामन्त्री हुनुभयो । उहाँले काम त राम्रै गरिराख्नुभएको छ । त्यस्तो छैन ।

रामचन्द्र पौडेलले विश्राम लिनुपर्ने तपाईले कुरा गर्नुभयो । तर, छोड्नै परे धुलोबाट उठेको नेताका लागि मात्र छोड्ने उहाँको अभिव्यक्तिलाई कसरी हेर्नुभएको छ ?

उहाँले ‘ग्रासरुट’ बाट आएको मान्छे भन्नुभएको होला । तर, मेरो भनाइ के हो भने आ–आफ्नो ठाउँमा सबैको योगदान छ । पार्टी चलाउन सक्षम, लोकप्रिय, अन्तराष्ट्रिय कनेक्सन, देश बनाउने खाका  र आर्थिक नीति सबै बुझेको मान्छे चाहियो नि ।

यसका लागि तपाईले आफूलाई फिट देख्नुहुन्छ ?

म यसका लागि फिट नै देख्छु । सबैले आफूलाई फिट देख्छन् । सबै जित्छु भनेरै चुनावमा जान्छन् । हार्छ भनेर कोही पनि चुनावमा जाँदैन  ।

सभापतिको उम्मेदवार बनेको अवस्थामा तपाईंले अगाडि सार्ने एजेण्डा के–के छन् ?

पार्टीको विधानलाई टेकेर अगाडि बढ्नुपर्छ । विधानमा केही संशोधन पनि गर्नुपर्छ । विशेष गरी महिला र युवाहरुमा मेरो फोकस हुन्छ । उहाँलाई मूल प्रवाहमा ल्याउनेमा मेरो जोड रहन्छ । कस्तो आर्थिक नीति लिएर बेरोजगारीमा समस्या समाधान गर्ने, हामीले के–के गर्नुपर्छ, कस्तो किसिमको सिप दिँदा युवा र महिलालाई फाइदा हुन्छ भन्नेबारे ब्यापक छलफल गरेर एजेण्डा तय गर्छु ।

म एकदम सक्छु । यसमा म विश्वस्त छु । म आशा पनि जगाउन सक्छु । केही काम पनि गर्न सक्छु । धेरै घमण्ड पनि गर्नुहुँदैन । त्याग गर्न पनि जान्नुपर्छ । गिरिजाबाबुले हामीलाई सिकाउनुभएको छ । उहाँले अन्तिममा पनि सहमति र एकता भन्दै जानुभएको छ । सहमति एकता छोड्दा देशको अवस्था यस्तो भएको छ ।

म विकासमुखी मान्छे हुँ । मलाई विकासमा बढी इन्ट्रेस छ । गाउँबाटै विकास हुनुपर्छ । जबसम्म गाउँ बलियो हुँदैन, तबसम्म प्रजातन्त्र बलियो हुँदैन । हामी क्रियाशील सदस्यता दिन्छौं, खाली भोटका लागि मात्र हुन्छ । क्रियाशीललाई कसरी सक्रिय बनाउने भनेर तालिम दिनु जरुरी छ ।

मानिसमा उत्साह ल्याउनुपर्यो । भविष्य देखाउनुपर्यो । नेपाली काँग्रेस यो मुलुकको भविष्य दिन सक्छ, भविष्य उज्यालो बनाउन सक्छ भन्ने आशा जगाउनुपर्यो । मानिसहरु अहिले निराश भएको अवस्था छ ।

तपाईं कार्यकर्तामा त्यो आशा जगाउन सक्नुहुन्छ ?

म एकदम सक्छु । यसमा म विश्वस्त छु । म आशा पनि जगाउन सक्छु । केही काम पनि गर्न सक्छु । धेरै घमण्ड पनि गर्नुहुँदैन । त्याग गर्न पनि जान्नुपर्छ । गिरिजाबाबुले हामीलाई सिकाउनुभएको छ । उहाँले अन्तिममा पनि सहमति र एकता भन्दै जानुभएको छ । सहमति एकता छोड्दा देशको अवस्था यस्तो भएको छ ।

हामीले बाच्न हुँदा नै त्यागको भावनाको विकास गराउन जरुरी छ । पार्टीमा म हारे पनि मेरो अरु इन्ट्रेस छ नि । राजनीति भएन भने पनि म मरिहाल्दिनँ । यो कुरा युवाहरुलाई पनि सिकाउनुपर्छ ।

अन्तिम के भन्नुहुन्छ ?

अहिले बाढी पहिरोले मान्छेलाई यत्रो ठूलो क्षति भएको छ । यति ठूलो बाढी आएको छ । तर, प्रधानमन्त्री कहीँ गएको देखिनुभएको छैन, यो आश्चर्यजनक छ । देशको प्रधानमन्त्री भएर देशमा विपत आउँदा पनि नागरिकलाई ढाडस नदिने र सहयोग नगर्ने काम राम्रो भएन । उहाँ नागरिकप्रति जिम्मेवार देखिनुभएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप