छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
सिराहा, मिर्चैया नगरपालिका-७ बाख्रा बजारस्थित सडकमा बा.प्र.०१-००४ क २९५३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय महेन्द्र महराको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाँके, नरैनापुर गाउँपालिका-६ जमुनी चोकस्थित सडकमा यूपी ३२ इएस ७१४९ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया साखरून खाँ को सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको संजीवनी कलेज अफ मेडिकल साइन्स प्रालिमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कैलाली, घोडाघोडी नगरपालिका-२ टनकपुरस्थित सडकमा से.७ प ७३७२ नम्बरको मोटरसाइकललाई बा.प्र.०१००६ ख ७१५० नम्बरको हाइसले सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका-११ बस्ने ४५ वर्षीय नर बहादुर कडायतको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, बुद्धभूमि नगरपालिका-२ पानीधारास्थित सडकमा लु. ३४ प ३१४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक बाणगंगा नगरपालिका-८ बोडगाउँ बस्ने ५० वर्षीय राम प्रसाद खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको युनाईटेड अस्पताल गजेडहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
रुकुम पश्चिम, सानीभेरी गाउँपालिका-१० अमलाटाकुरास्थित सडकमा लु.प्र.०२-००१ च ०१७७ नम्बरको जिप अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ५० वर्षीय नर बहादुर वली र ४४ वर्षीया लिला वली रहेका छन् । दुर्घटनामा नर बहादुरको घटनास्थलमै र गम्भीर घाइते भएकी लिलाको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक समेत २ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज बाँके रिफर गरिएको छ ।
दुर्घटनाका यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमोडा एन्ड जेइकोलेको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक, चीन भ्रमणकाे मौका
-
शिक्षामा कम्तीमा २० प्रतिशत लगानी, कसरी सम्भव छ ?
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
कांग्रेस संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?