अक्षय कुमारसँग एक्सन फिल्म गर्नेछन् सुनिल शेट्टीका छोरा अहान
सुनिल शेट्टीका छोरा अहानको डेब्यू फिल्म ‘तडप’ रिलिज पनि भएको छैन उनको खातामा एउटा अर्को ठूलो फिल्म परेको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने उनी तडपकै निर्देशक साजिद नाडियाडवालाको एउटा ठूलो प्रोजेक्टमा अक्षय कुमारसँग स्क्रिन सेयर गर्नेछन् । फिल्मको विषयमा धेरै जानकारी अहिले सार्वजनिक भएको छैन । तर यो फिल्म एक्सन थ्रिलर फिल्म हुने बताइएको छ ।
अक्षय कुमार र सुनिल शेट्टी निकै राम्रा साथी हुन् । यी दुईले थुप्रै फिल्ममा सँगै काम गरेका छन् ।
Thank you akki @akshaykumar for showing so much love and support to Ahan ❤️ https://t.co/xi8HAEr7cb
— Suniel Shetty (@SunielVShetty) March 2, 2021
मार्चमा अक्षयले अहानको डेब्यू फिल्म ‘तडप’ को पोस्टर सेयर गर्दै लेखेका थिए, ‘अहान तपाईंको लागि यो ठूलो दिन हो । मलाई आज पनि तिम्रो पापा सुनिल शेट्टीको पहिलो फिल्म ‘बलवान’ को पोस्टर याद छ र आज म तिम्रो पोस्टर प्र्रस्तुत गरिरहेको छु ।’
मिलन लुथरियाको निर्देशनमा बनेको ‘तडप’ २४ सेप्टेम्बरमा सिनेमाघरमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
-
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
-
गोल्डेन बुटको दौड : मेस्सीसँग बराबरीमा एम्बाप्पे
-
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण