फिल्म अभिनयमा फर्केलिन् त सुमिना ?
विवाह पछि अभिनयलाई बाइबाई गर्ने थुप्रै अभिनेत्री छन्, फिल्म क्षेत्रमा । ती मध्येकी एक हुन् अभिनेत्री सुमिना घिमिरे । बिभिन्न स्क्यान्डका कारण हरहमेशा चर्चामा रहँदै आएकी उनी ‘स्क्यान्डल क्विन’ को रुपमा समेत चिनिएकी थिइन् ।
फिल्म ‘दुलही’बाट फिल्म अभिनयमा डेब्यू गरेकी उनी केही फिल्ममा बोल्ड भूमिकामा समेत देखिएकी थिइन् । संख्याको हिसाबले एकपछि अर्काे फिल्म अभिनय गरेपछि गुणस्तरको हिसावले राम्रो दिन दिन नसकेकी उनले रोशन सापकोटासँग २०७१ सालमा प्रेम बिवाह गरेकी हुन् । विवाहपछि भने उनी फिल्म क्षेत्र बाहिर रहँदै आएकी छन् ।
अहिले एक छोरीकी समेत आमा बनेकी सुमिनाको अहिले भने फिल्म क्षेत्रमा कमब्याकको हल्ला चलेको छ । निषेधाज्ञाका कारण अप्ठ्यारोमा रहेका फिल्म प्राविधिकको सहयोगका केही अगाडि श्रीमान् सापकोटासँगै देखिएकी सुमिनाले उक्त अवसरमा अझै अभिनय प्रति आफ्नो रुची र चासो जीवित रहेको बताएपछि फिल्म क्षेत्रमा उनको कमब्याकको हल्ला चलेको हो । सो अवसरमा उनले फिल्म अभिनय फर्किने इच्छा समेत राखेकी थिइन् ।
उक्त अवसरमा सुमिनासँगै आएका उनका श्रीमान् सापकोटाले समेत सुमिनालाई फिल्म फर्काउन चाहेको विचार राखेका थिए । सापकोटाले सो समय सुमिनालाई फिल्ममा फर्किन बारम्बार आग्रह गर्ने गरेको समेत बताएका थिए । सापकोटाले सुमिना फिल्ममा फर्किए आफ्नो पुरै साथ र समर्थन रहने समेत बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
-
घरजग्गा र सवारी कर्जामा उदार बनेको राष्ट्र बैंक ‘सेयर बजार’प्रति किन मौन ?
-
मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने
-
आईपीएल क्रिकेट : को हुन् हैदराबादको हौसला बढाउने यी सुन्दरी ?
-
‘सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको अडान’
-
यस्तो छ ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’