गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्कीमा ४, स्याङजा २, नवलपसारी पूर्व १ र तनहुँमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९१४ पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा थप ३२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३०४ जनाको नमुना परिक्षण गरिएकामा ३२१ जनामा संक्रमण देखिएको हो ।
संक्रमित मध्ये १७७ पुरुष र १४४ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका ११८, म्याग्दीका ३, पर्वत ४,लमजुङ २६, गोरखा २६, तनहुँ ३५, बाग्लुङ ३०, स्याङ्जाका १०,नवलपुरका ३६ जना र मुस्ताङमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ हजार ७०८ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ५४० जना जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४९ हजार ९११ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण