लकडाउन अझै ‘स्मार्ट’ बनाउने तयारी, सार्वजनिक सवारी सञ्चालन हुन सक्ने
आइतबार, १३ असार २०७८, २३ : ४६
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने तयारी गरिएको छ । यसबारे निर्णय गर्न काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख अधिकारीहरुको बैठक बसिरहेको छ । बैठकमा अहिले भइरहेको निषेधाज्ञालाई जारी राख्ने वा अलि खुकुलो बनाएर जाने भन्ने बारेमा छलफल केन्द्रीत रहेको छ ।
निषेधाज्ञालाई अलि खुकुलो बनाएर जाँदा सार्वजनिक सवारी साधन गर्नेसम्मको निर्णय हुनसक्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । कोरोना संक्रमणदर कम भएपछि सरकारले जारी निषेधाज्ञालाई सहज बनाउँदै लगेको छ । संक्रमणदर उच्च भएपछि गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका ३ जिल्लाबाट निषेधाज्ञा लगाउन सुरु गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?