एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक फेरि अवरुद्ध
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आइतबारको प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको छ । शुक्रबारका जस्तै आज पनि कार्य सूचीमा प्रवेश नै गर्न नदिएर एमालेले बैठक अवरुद्ध गरेको हो । निलम्बन गरिएका मन्त्री प्रदेशसभामा प्रवेश गरेको भन्दै एमालेले आठौँ अधिवेशनको १३ औँ बैठक अवरुद्ध गरको हो ।
सरकारमा रहेका एमालेका तीनजना मन्त्री सत्तापक्षको सिटमा बसेका थिए । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सुरुमै रोष्टममा उठेर सभामुखले रुलिङ गरे अनुरुपको व्यवस्थाको आसन व्यवस्था नभएको प्रति आपत्ति जनाए । उनले भने– ‘प्रदेशसभामा निर्दलीय व्यवस्था कायम गर्न खोजिएको छ । संविधानमा भएको संवैधानिक व्यवस्था विपरित, सर्वोच्च अदालतले फैसला गरे विपरित, स्वयम् सभामुखले सभालाई जानकारी दिनुभएको व्यवस्था विरुद्ध अगाडि बढ्ने प्रयत्न गरिएको छ । सभाभित्रको शासन व्यवस्था भनिदिने कुरा हो कि कायम गर्ने कुरा हो । एमाले भित्र कति भाग पर्छ त्यो बोक्न तयार छ ।’
‘जिम्मेवारीले कानुन मान्नु पर्दैन भने धेरै केही कुरा भन्नु छैन्’ कँडेलले भने, ‘संविधानविपरीत चल्ने कुराको समर्थन गर्न सकिँदैन ।’ तर, एमालेले आफ्ना कुरा राख्ने र अरूका कुरा नसुन्ने प्रवृत्ति देखाइरहेको छ । सभामुखले पटक–पटक बसेर सहयोग गर्दिन आग्रह गर्दा पनि एमालेले प्रदेशसभामा अटेरी गरेको देखिएको छ ।
सभामुखले प्रतिपक्षले राखेको विषय संवेदनशील विषय भएको र सो विषय एमाले दलको आफ्नै भएकाले सभाको विषय नबनाउन भनेर आग्रह गरे । तर, एमालेले अटेरी गरिरह्यो । एमालेले सभामुखले भनेको नमान्ने र सभाको मर्यादा पालना नगर्ने गरको छ ।
प्रदेशसभामा आफूले भाषण गर्ने र सभामुखले बारम्बार आसन ग्रहण गर्न अनुरोध गर्दा पनि अटेरी गर्ने गरेको छ । सभामुख राजबहादुर शाहीले बजेट छलफल जस्तो विषयमा सँधै यसरी अवरुद्ध गर्नु राम्रो पक्ष नभएकाले सभामा बसेर सहयोग गर्न आग्रह गर्दा पनि अटेरी गरेपछि १८ गते शुक्रबार सम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण