९ सय किलोमिटर यात्रा गरेर रश्मिकालाई भेट्न उनको घर पुगे फ्यान
अभिनेता/अभिनेत्रीहरूका फ्यान उनीहरूलाई माया दर्साउन कहिलेकाहीँ हदै पनि पार गर्छन् । हाल चर्चामा रहेकी रश्मिका मन्दनासँग पनि यस्तै घटना घटेको छ । एक डाइहार्ड फ्यान उनलाई भेट्नका लागि तमिलनाडुबाट कर्नाटकको कोडागुसम्म करिब ९ सय किलोमिटरको यात्रा तय गरेर पुगे । तर, रश्मिका भने घरमा थिइनन् । जब उनले यो खबर थाहा पाइन् उनले सामाजिक सञ्जालमा यसलाई सेयर गरिन् ।
रश्मिकाले आफ्ना फ्यानहरूलाई यस्तो हर्कत नगर्न र सामाजिक सञ्जालमा नै माया दर्साउन आग्रह गरेकी छन् । साथै उनले कुनै दिन उक्त प्रशंसकसँग भेट्ने आशा पनि व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘साथीहरू मैले भर्खर थाहा पाएँ कि तपाईंहरु मध्ये एक लामो यात्रा गरेर मलाई हेर्न मेरो घरसम्म पुग्नु भएछ । कृपया यस्तो नगर्नु होला... तपाईंसँग भेट्न नपाएकोमा मलाई नराम्रो लागेको छ... आशा गर्छु एक दिन तपाईंसँग भेट हुनेछ । अहिलेका लागि यहीँ मलाई माया देखाउनु होला । म खुसी हुनेछु ।’
Guys it just came to my notice that one of you had travelled super far and have gone home to see me..
— Rashmika Mandanna (@iamRashmika) June 27, 2021
Please don’t do something like that.. i feel bad that I didn’t get to meet you🥺 I really really hope to meet you one day❤️ but for now show me love here.. I’ll be happy! 🌸🥰
त्रिपाठी नाम बताइएका ती प्रशंसकले गुगलबाट रश्मिकाको घर पत्ता लगाएर पुगेका थिए । जब उनी त्यहाँ पुगेर रश्मिकाको घरमा सोधे, मानिसहरूले तत्कालै प्रहरीलाई खबर गरेका थिए ।
रश्मिका हाल बलिउड प्रोजेक्ट ‘गुडबाई’ को सुटिङका लागि मुम्बईमा रहेकी छन् । यस चलचित्रमा अमिताभ बच्चनको मुख्य भूमिका रहेको छ भने यसको निर्देशन विकास बहलले गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
-
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
-
गोल्डेन बुटको दौड : मेस्सीसँग बराबरीमा एम्बाप्पे
-
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण