स्कुल पढ्ने उमेरमा बलिउड छिरेकी कंगना रनौतका १५ वर्ष
बलिउड अभिनेत्री कंगना रनौतको बलिउड यात्राले १५ वर्ष पार गरेको छ । उनले सन् २००६ मा ‘ग्यागस्टर’ बाट बलिउडमा पाइला राखेकी थिइन् । उनले बलिउडमा काम सुरु गर्दा उनी नाबालिग थिइन् । उनले फिल्म उद्योगमा आफूले बिताएका वर्षहरुलाई एक कोलाज पोस्ट्मार्फत सार्वजनिक गरेकी छन् ।
भिडियोसँगै कंगनाले लेखेकी छन्, ‘मेरा एक प्रशंसकले पठाएको सन्देशले मलाई निकै खुशी बनायो । फिल्म उद्योगमा मैले काम गर्दा म नाबालिग थिएँ । मैले धेरै दुख झेल्नुपर्यो । त्यो समय मेरो उमेर स्कुलमा पढ्ने थियो । करियर बनाउनका लागि मैले मातापिताको सहयोगबिना र बलिउड उद्योगमा आफ्ना मार्गदर्शनका बिना संघर्ष गर्नु उचित थिएन ।’
कंगनाले सन् २००६ मा 'ग्यागस्टर', 'लाइफ इन ए... मेट्रो', 'फेशन', 'वन अपन ए टाइम इन मुम्बई', 'कृष ३', 'क्वीन', 'तनु वेड्स मनु', 'जजमेन्टल है क्या' र 'मणिकर्णिकाः द क्वीन अफ झांसी' जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।
उनले अगाडि भनेकी छिन्, ‘१६ वर्षको उमेरमा मैले एक स्केच तयार गरेर सुरु गरेको करियरमा सफलता हासिल गर्नका लागि दशकभन्दा बढी समय संघर्ष गरेकी छु । म अहिले ३४ वर्षको उमेरमा आफ्नै स्टुडियो बनाउन सक्छु । सफल निर्माता बन्न सक्छु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
-
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
-
गोल्डेन बुटको दौड : मेस्सीसँग बराबरीमा एम्बाप्पे
-
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण