श्रीमान्को आकस्मिक मृत्युमा बिक्षिप्त मन्दिरा बेदी, राज कौशलको अन्तिम यात्रामा पुगे सेलिब्रिटी
बुधबार, १६ असार २०७८, १३ : ५३
मन्दिरा बेदीका श्रीमान् निर्माता–निर्देशक राज कौशलको आकस्मिक निधन भएको छ । हृदयघातका कारण राजको ४९ वर्षको उमेरमा निधन भएको हो । बुधबार बिहान लगभग ११ बजे राजको अन्तिम यात्रा निकालियो । यो घडी मन्दिरा, उनका छोरा–छोरी र राजलाई चाहनेहरुका लागि निकै भावुक पारिदिने किसिमको थियो ।
सेतो कपडा र फूलले ढाकिएका राजलाई देखेर उनकी श्रीमती मन्दिराले आफूलाई सम्हाल्न सकिनन् । मास्क लगाउँदासमेत उनको आँखाले उनको भावना व्यक्त गरिरहेको थियो ।
उनी बारम्बार श्रीमानको शव हेर्न पुग्थिन् । मन्दिराको बिक्षिप्तता उनको फोटोमा देख्न सकिन्छ । रोइरहेकी मन्दिरालाई त्यहाँ पुगेका सेलिब्रिटीले ढाडस दिए ।
मन्दिरा र राजका छोरा वीर पनि आफ्नो छोराको अन्तिम दर्शनमा देखिए ।
स्मरण रहोस्, राज कौशलको बुधबार बिहान हृदयघातका कारण मृत्यु भयो । उनी ४९ वर्षका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई न्याय दिलाउन स्थानीय अदालत आवश्यक छ
-
‘जनताको घरदैलोमा न्याय दिन स्थानीय अदालत चाहिन्छ’
-
भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
-
साउनदेखि खुला गरिँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र उद्धार सवारीको परीक्षण सफल
-
पूर्व डीआईजी ठकुरीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण