‘सीता’ को भूमिकाका लागि करीनाले १२ करोड मागेपछि...
दोस्रोपटक आमा बनेकी बलिउड अभिनेत्री करीना कपूरको नयाँ भूमिकाले चर्चा पाएको छ । उनले नयाँ फिल्ममा 'सीता'को भूमिकाको लागि १२ करोड (भारतीय रुपैयाँ ) मागेपछि उनी चर्चामा आएकी छन् ।
उनले फिल्मका लागि अत्यधिक रकम माग गरेको भन्दै सामाजिक सञ्जालमा उनलाई 'सीता'को भूमिका दिन नहुने बताएका छन् । उनीहरुले ६ देखि ८ करोड पारिश्रमिक लिने करीनाले १२ करोड मागेपछि उनको धेरैले विरोध गरेका छन् ।
करीना पारिश्रमिकका कारण चर्चामा आएपछि बलिउड अभिनेत्री तापसी पन्नुले यस विषयमा चासो व्यक्त गरेकी छन् । उनले करीनाको पारिश्रमिकलाई लिएर हल्ला चलाउनु संकिर्ण मानसिकता भएको बताएकी छन् । उनले करीनाको सट्टामा अरु कसैले त्यति पारिश्रमिक मागेको भए बजारको भाउ बढेको भन्नेहरुले करीना महिला स्टार भएकै कारण पारिश्रमिक माग्दा विवादमा तानिनुपरेको उनले जिकिर गरिन् ।
उनले यसै विषयमा लेखेकी छन्, “करीनालाई १२ करोड दिनुहुँदैन ? उनी देशकै सबैभन्दा ठूलो सुपरस्टार हुन् । उनले आफ्नो काम अनुसार पारिश्रमिक माग्नु उनको काम हो ।”
मिडिया रिपोर्टका अनुसार उक्त फिल्ममा अभिनेता सैफ अली खान पनि देखिनेछन् । उनी लंकाका रावणको भूमिकामा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
-
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
-
गोल्डेन बुटको दौड : मेस्सीसँग बराबरीमा एम्बाप्पे
-
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण