अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना
बलिउडका दिग्गज अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना भएका छन् । ७० वर्षका शाह केही दिन अगाडि अस्पताल भर्ना भएका हुन् । अभिनेतालाई फोक्सो तथा निमोनियाको समस्या देखिएको छ । यसअगाडि पनि कयौं पटक शाहको स्वास्थ्य अवस्थाबारे यस्तै समाचार बाहिर आएको थियो । तर, ती खबर सबै झुटो साबित भएका थिए । अहिले भने खबर साँचो भएको शाहका म्यानेजरले बताएका छन् ।
म्यानेजरले भने– ‘शाहलाई दुई दिनदेखि अस्पताल भर्ना गरिएको छ । उनी डाक्टरको निगरानीमा रहेका छन् । निमोनियाका कारण अस्पताल भर्ना गरिएको थियो । अहिले फोक्सोमा पनि समस्या छ र अवस्था स्थिर रहेको छ ।’
शाहले १९७५ को फिल्म ‘निशान्त’ बाट बलिउड डेब्यु गरेका थिए । अहिलेसम्म उनले एकसय बढी फिल्म अभिनय गरेका छन् । उनी पछिल्लो समय ‘रामप्रसाद की तेरहवी’ मा देखिएका थिए । उनी फिल्ममा दमदार अभिनय गर्ने अभिनेताको रुपमा परिचित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण