बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

आमिर आफूभन्दा ९ वर्ष कान्छी किरणसँग एक फोन कलमा भएका थिए ‘इम्प्रेस’

शनिबार, १९ असार २०७८, १३ : ३७
शनिबार, १९ असार २०७८

बलिउड अभिनेता तथा 'मिस्टर पर्फेक्शनिस्ट' उपनामले परिचित आमिर खानले दोस्रो श्रीमती किरण रावसँग पनि सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन् । 

सामाजिक सञ्जालमार्फत आमिर र किरणले संयुक्त रुपमा अलग हुन लागेको जानकारी गराएका थिए । 

आमिर र किरणको विवाह भएको १५ वर्ष पुगेको छ । उनीहरुले संयुक्त रुपमा भनेका छन्, 'यी सुन्दर १५ वर्षमा हामीले जीवनको अनुभव, खुशी र हाँसो सँगै साटेका छौँ ।'

उनीहरुको पहिलो भेट फिल्मको सेटमा भएको थियो । फिल्म 'लगान'को सेटमा आमिर अभिनेता थिए भने किरण सहायक निर्देशकको काम गरिरहेकी थिइन् । 

एक अन्तरवार्तामा अमिरले पहिलो भेटमा नै प्रेम नभएको खुलासा गरेका थिए । उनले किरणले कामको सिलसिलामा फोन गरेको र उनीहरुबीच आधा घण्टा लामो संवाद भएको खुलाएका थिए । आमिर उक्त फोन कलपछि किरणसँग नजिकिएको बताएका थिए । 

त्यसपछि उनीहरु दुई वर्षसम्म 'लिभ इन रिलेशन'मा बसे । सन् २००५ मा विवाह गरे । विवाह पश्चात उनीहरु सरोगेसीमार्फत एक छोराका मातापिता बने ।

आमिरको पहिलो विवाह बंगाली युवती रीता दत्तासँगभएको थियो । अलग धर्म मान्ने भएकाले उनीहरुको विवाह परिवारको स्वीकृतिबिना नै भएको थियो । तर, उनीहरुको सन् २००२ मा सम्बन्धविच्छेद भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप