बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

२३ वर्षदेखि गुमनाम ‘राजा हिन्दुस्तानी’ की नायिका, विवाहित व्यक्तिको प्रेममा परेर ध्वस्त पारिन् करियर

आइतबार, २० असार २०७८, १४ : १७
आइतबार, २० असार २०७८

२५ वर्ष अघि आमिर खान र करिश्मा कपुरको फिल्म ‘राजा हिन्दुस्तानी’ को गीत ‘परदेसी परदेसी’ मा देखिएकी नायिका प्रतिभा सिन्हा ५१ वर्ष पुगेकी छिन् । ४ जुलाई सन् १९६९ मा कोलकातामा जन्मिएकी प्रतिभा सिन्हा पछिल्लो समयकी चर्चित नायिका माला सिन्हाकी छोरी हुन् । प्रतिभाले सन् १९९२ मा रिलिज भएको फिल्म ‘मेहबूब मेरे मेहबूब’ बाट करियरको सुरुवात गरेकी थिइन् । यद्यपि, उनको करियर निकै छोटो रह्यो र उनले १३ फिल्ममा मात्रै काम गरिन् ।

 सङ्गीत निर्देशक नदिम सेफीसँग प्रतिभा सिन्हाको अफेयर लामो समयसम्म चर्चामा रह्यो । विवाहित नदिमको प्रेममा प्रतिभा यति पागल थिइन् कि उनले आफ्नो करियरसमेत दाउमा लगाइन् ।

प्रतिभाले एकपटक अन्तरवार्तामा उनले छिट्टै नै नदिमसँग विवाह गर्न लागेको बताएपछि धेरैजसो चकित परेका थिए । यद्यपि, पछि उनी आफैंले यो खबर खण्डन गर्दै उनले विवाह गर्न लागेको होइन भनिन् ।

स्मरण रहोस्, नदिममाथि गुलशन कुमारको हत्याको आरोप छ । रिपोर्टका अनुसार प्रतिभाकी आमा माला सिन्हा उनको र नदीमको सम्बन्ध विरुद्ध थिइन् । यस्तोमा कसैले पनि उनीहरुको अफेयरबारे थाहा नपाओस् भनेर नदीम र प्रतिभा एक–अर्कासँग कोड वर्डमा कुराकानी गर्दथे ।

प्रतिभाको कोड नेम ‘एम्बासेडर’ र नदिमको ‘एस’ थियो । जब मिडियालाई दुबैको गोप्य नामबारे थाहा भयो तब प्रतिभा सिन्हाले खुलेर नदीमसँगको आफ्नो सम्बन्धको कुरा स्वीकार गरेकी थिइन् ।

जब यसबारे मालालाई थाहा भयो तब उनी असाध्यै रिसाइन् र प्रतिभालाई रोक्ने कोसिस गरिन् । नदीम सैफी पहिले नै विवाहित भएका कारण प्रतिभासँग उनको सम्बन्ध मालालाई मञ्जुर थिएन । उनले दुबैलाई अलग गर्ने भरपुर कोसिस गरिन् । तर प्रतिभा नदीमबाट टाढा हुन राजी थिइनन् ।

रिपोर्टलाई विश्वास गर्ने हो भने प्रतिभासँग अफेयरको खबरको विषयमा नदीम पनि निकै चिन्तित भएका थिए । खबरका अनुसार माला सिन्हाले नदिमको घरमा फोन गरेर निकै गाली गलौज गरेकी थिइन् । पछि प्रतिधाले आफ्नी आमाको तर्फबाट नदीमसँग माफी मागेकी थिइन् ।

नदीमले एक अन्तरवार्तामा भनेकी थिइन्, ‘आमा–छोरी मिलेर मसँग गेम खेलिरहेका छन् । उनीहरु मेरो नाम प्रयोग गरेर बढीभन्दा बढी चर्चा कमाउन खोजेका छन् । म प्रतिभा सिन्हालाई सहयोग गर्न मात्रै चाहन्थेँ किनभने प्रतिभा एक बहुप्रतिभाशाली नायिका हुन् र त्यसैले म उनीसँग नजिक थिएँ । हामीबीच अब केही पनि छैन । ’

प्रतिभा सिन्हा अन्तिम पटक सन् १९९८ मा रिलिज भएको फिल्म ‘मिलिट्री राज’ मा देखिएकी थिइन् । त्यसपछि उनलाई कहिँ कतै देखिएको छैन । केही मिडिया रिपोर्टका अनुसार उनी हाल आफ्नी आमा माला सिन्हासँग गुमनाम जीवन बिताइरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप