शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अव त्रिभुवन विश्वविद्यालयमा सहकारी र उद्यमशीलता विकास कोषमा एमबीए अध्यापन

सोमबार, २१ असार २०७८, १३ : ४४
सोमबार, २१ असार २०७८

त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाट एमबीएमा सहकारी र उद्यमशिलता विकास कोषको अध्ययन अध्यापन गराउने भएको छ । सहकारी र उद्यममशिलता विकासमा ‘एमबीए इन कोअप्रेटिभ एण्ड इन्टप्रियनरसिप डेभलपमेन्ट’ कोर्ष राखि टीयूले अध्यापन शुरु गर्ने भएको हो । 

राष्ट्रिय सहकारी महासंघ र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच आइतबार सहकारी विषयको पाठ्यक्रम तर्जुमा तथा पठनपाठन गर्ने विषयमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय, किर्तिपुरका व्यवस्थापन संकाय केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामजी गौतमले र महासंघको तर्फबाट महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् । 
सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालयले सहकारी र उद्यमशीलता विकासमा एमबीए कार्यक्रम आगामी शैक्षिक सत्रबाट शुरु गर्ने उल्लेख छ । त्यसका लागि विश्वविद्यालयले महासंघको समन्वयमा आवश्यक पाठ्क्रम तर्जुमा गर्नेछ । पाठ्यक्रम तर्जुमाका लागि महासंघले विश्वविद्यालयको व्यवस्थापन संकाय केन्द्रीय विभागलाई पाँच लाख रुपैया सहयोग गर्ने छ ।

सम्झौता कार्यक्रममा विश्वविद्यालयका डिन प्रा.डा. डिल्लीराज शर्माले कोर्सको दिगोपनाका लागि महासंघ र विश्वविद्यालयविच निरन्तर समन्वय र सहकार्य गरिने भन्दै अन्य मुलुकका सहकारी अध्ययन अध्यापन गर्ने विश्वविद्यालयसँग अनुभव आदान प्रदान गर्ने बताए ।
यस्तै, महासंघका अध्यक्ष मिनराज कडेलले सहकारीमा दक्ष र व्यवसायीक प्रमुख कार्यकारी अधिकृतको खोजी भइरहेको र विश्वविद्यालयबाट उत्पादन भएको जनशक्ति अन्तर्राष्ट्रिय बजारमा समेत जान सक्ने विश्वास व्यक्त गरे । 
सो अबसरमा महासंघका निवर्तमान अध्यक्ष केशव बडालले जापानको उदाहरण दिदै जापानमा विश्वविद्यालय सहकारी र विश्वविद्यालयमा सहकारी दुवै रहेको उल्लेख गर्दै जापानको विकासको जग नै सहकारी भएकाले नेपालमा पनि त्यसलाई रोलमोडेल मानेर अघि बढ्न सकिने धारणा व्यक्त गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले कर्मचारी व्यवसायीक भए मात्र कुनै पनि संघ संस्थाले उच्च उपलब्धी हासिल गर्न सक्ने भएकाले सहकारीको विषयमा क्षमतावन कर्मचारी उत्पादन गर्ने उद्देश्यले विश्वविद्यालयमा सहकारी समावेश गर्न महासघको निरन्तर प्रयासपछि यो उपलब्धी हासिल भएको बताइन् ।

त्यसो त महासंघले विश्वविद्यालयमा सहकारीको विषय पठनपाठन गराउने उद्देश्यले यसअघि नै अध्ययन अनुसन्धान समेत गरेको थियो । विश्वविद्यालय र महासंघले संयुक्त रूपमा सहकारी व्यवस्थापनको पोष्ट ग्रेजुएट डिप्लोमा कोर्ष समेत संचालन गर्ने सकिने यसले आधार तय गरेको छ । नेपालको सहकारी अभियानमा करिब १ लाख जनशक्ति कार्यरत रहेको तथ्यांकले देखाएको छ भने देशभरीबाट २९ हजार बढी सहकारी संघ संस्था रहेका छन् । 
हाल त्रिभुवन विश्वविद्यालयमा १२ वटा बढी सेमेप्टर प्रणालीमा मास्टर प्रोग्राम संचालन रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप