मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

जापानमा पहिरोमा परेका ८० जना अझै बेपत्ता

सोमबार, २१ असार २०७८, २३ : ०८
सोमबार, २१ असार २०७८

जापानमा पहिरोमा परेका ८० जना अझै पनि बेपत्ता नै रहेका छन् ।  गत शनिबार विहान आएको पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेपनि अहिलेसम्म पनि नभेटिएका हुन् ।  देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक वर्षपछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । 

अतामी सहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भएपनि सफलता प्राप्त हुन नसकेको उल्लेख गरे । घटनास्थलबाट २२ जनालाई उद्धारकर्ताहरूले जीवितै उद्धार गरेका छन् भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ । प्रहरी अधिकारीहरुले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन् । 

सरकारी अधिकारीहरुले घटना भएको बेला त्यस क्षेत्रमा २१५ जना मानिस रहेको र पहिरो गएको ठाउँमा १३० ओटा घर रहेको जानकारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप