भारतमा तेस्रो लहरको आशंकाबीच फेरि बढ्यो संक्रमण
आइतबार, ०३ साउन २०७८, १२ : ३३
भारतमा कोरोनाको दोस्रो लहरको रफ्तार कम भएको छ । तर, तेस्रो लहर आउने आशंका छ । यसबीच संक्रमितको दैनिक आँकडामा पनि उतार–चढाव देखिएको छ । केरला र महाराष्ट्रसहित कैंयन राज्यमा फेरि एकपटक कोरोना भाइरसको कहर सुरु भएको छ ।
भारतमा पछिल्ला २४ घण्टामा ४१ हजार १ सय ५७ जनामा संक्रमण देखियो र ५ सय १८ जनाले संक्रमणका कारण ज्यान गुमाए । जबकी, एक दिन पहिले अर्थात् शनिबार ३८ हजार १ सय १२ जना नयाँ संक्रमित भेटिएका थिए र ५ सय ६० जनाको संक्रमणकै कारण ज्यान गएको थियो ।
भारतको केन्द्रीय स्वास्थ मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा ४२ हजार ४ जना निको भएका छन् । त्यसैगरी उपचाररत बिरामीको संख्या घटेर ४ लाख २२ हजार ६ सय ६० मा झरेको छ, जो कुल संक्रमणको १ सय ३६ प्रतिशत हो । कोभिड १९ बाट निको हुनेको दर ९७ दशमलव ३१ प्रतिशत पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण