शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा उद्योग बाणिज्य संघद्धारा व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह

सोमबार, ०४ साउन २०७८, १९ : ०१
सोमबार, ०४ साउन २०७८

उद्योगी तथा व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।  सोमबार संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङसमक्ष व्यवसायीहरु उच्च जोखिममा रहेकाले तत्काल खोपको ब्यवस्था मिलाउन आग्रह गरेको हो ।

व्यवसायीको मागका वारेमा स्वाथ्यमन्त्री गुरुङले संघ सरकारले नै खोपको प्राथमिकता तोकेर पठाउने गरेको जानकारी दिँदै सम्भव भएसम्म व्यवसायीहरुलाई प्राथमिकताको आधारमा खोप उपलब्ध गराउन प्रदेश सरकार सकारात्मक भएको बताइन् ।

संघको प्रतिनिधिमण्डलमा प्रदेश सांसद तथा संघका पूर्वअध्यक्ष विन्दुकुमार थापा, संघका उपाध्यक्ष अर्जुन पोखरेल, महासचिव सुरेन्द्रमान बिजुक्छे, उपमहासचिव केशवबहादुर खत्री, संघका कार्यसमिति सदस्य एवं स्वास्थ्य उपसमिति संयोजक भरतबहादुर केसी,संघका कार्यकारी निर्देशक टोपबहादुर थापाको सहभागिता रहेको थियो । 

ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष कोइरालाले अत्यावश्यक सामग्रीको निर्वाध आपूर्तिमा सघाउने एवं राज्यलाई कर तिर्ने व्यवसायीहरु खोपबाट बञ्चित हुनु दुःखद भएको बताए । उनले एकै दिनमा सयौं व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने व्यवसायीहरु असुरक्षित हुनु समाज नै असुरक्षित रहनु भएकाले समाजलाई संक्रमणबाट जोगाउन पनि व्यवसायीले खोप पाउनुपर्ने माग गरे ।

यता, संघका प्रतिनिधिमण्डलले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई सोही व्यहोराको बो​धार्थपत्र बुझाउँदै खोपको प्रबन्ध गर्नका लागि आग्रह गरेको छन । ब्यवसायीसंगको प्रत्युत्तरमा प्रजिअ गौतमले स्थानीय प्रशासन निजी क्षेत्रको मागप्रति सकारात्मक रहेको बताएका थिए । सो अवसरमा बोल्दै संघका अध्यक्ष नारायण कोइरालाले खोपको व्यवस्था भएपछि संघसँग समन्वय गर्न आग्रह गरे । खोप केन्द्रमा भीडभाड भएको गुनासो आएकाले व्यवसायीलाई खोपको व्यवस्था हुँदा पोखरा प्रदर्शनी केन्द्रलाई नै खोप केन्द्र बनाउन अध्यक्ष कोइरालाले अनुरोध गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप