हालन्ड नमिले लेवान्डोस्की भित्र्याउने चेल्सीको दाउ
युरोपियन च्याम्पियन चेल्सीले रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गर्नेबारे उनका एजेन्टसँग छलफल गरेको बेलायती मिडियाहरूले जनाएका छन् । अर्लिङ हालन्डलाई पछ्याइरहेको ब्लूजले उनलाई अनुबन्ध गर्न नसके लेवान्डोस्कीलाई भित्र्याउने विकल्प खुला राखेको हो ।
स्पोर्ट ब्लीडका अनुसार चेल्सीले लेवान्डोस्कीको भविष्यबारे उनका एजेन्ट पिनी जाहाभीसँग छलफल गरिसकेको छ । यता, द सन पत्रिकाले हालन्डलाई भित्र्याउन नसके चेल्सीले ३२ वर्षीय स्ट्राइकरलाई भित्र्याउन ५ करोड पाउन्डको प्रस्ताव पेश गर्ने तयारी गरिरहेको दाबी गरेको छ ।
बोरुसिया डर्टमण्डका २० वर्षीय स्ट्राइकर चेल्सीको प्रमुख लक्ष्य रहेको छ । तर, यसबारे ठोस सम्झौता हुन बाँकी रहेको छ । द सनका अनुसार चेल्सीले डर्टमण्डलाई १३.५ करोड पाउन्डको अफर दिने तयारी गरिरहेको छ । जबकि सन् २०२२ मा हालन्डको ६.५ करोड पाउन्डको रिलिज क्लज सक्रिय हुने बताइएको छ ।
उता, बायर्न पनि लेवान्डोस्कीलाई बेच्न इच्छुक छैन । हाल क्लबले उनीसँग करार थप गर्ने बारे छलफल गरिरहेको छ । सन् २०१४ मा बायर्न पुगेका लेवान्डोस्कीको करारमा अझै दुई वर्ष बाँकी रहेको छ । गत सिजन उनले बुन्डेस लिगाका २९ खेलमा ४१ गोल गरेका थिए ।
यता, गत सिजन टिमो वेर्नरले मात्र ६ गोल गर्न सकेपछि चेल्सी यो सिजन नयाँ स्ट्राइकरको खोजीमा रहेको छ । ट्यामी अब्राहम पनि प्रशिक्षक थोमस टुकलको योजनामा नरहेको बताइएको छ । अनुभवी स्ट्राइकर ओलिभए जिरुले पनि क्लब छाडेर एसी मिलान गइसकेका छन् । त्यही भएर चेल्सीलाई नयाँ सिजन स्ट्राइकरको आवश्यकता देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’