‘प्रेम रतन धन पायो’ गीतकी गायिका पलकलाई मानार्थ डाक्टर उपाधि
बिहीबार, ०७ साउन २०७८, १८ : ४३
बलिउड गायिका पलक मुच्छल सुरिलो स्वरका कारण सबैको मन जित्न सफल छिन् । फ्यान उनका गीतलाई निकै रुचाउने गर्दछन् । अहिले फेरि यी गायिकाले ठुलो सफलता प्राप्त गरेकी छन् । अमेरिकाको विश्वविद्यालय युएसएले उनलाई मानार्थ डाक्टरको उपाधि दिएको छ । जसको जानकारी उनी आफैले सामाजिक सञ्जाल मार्फत केही तस्बिर सार्वजनिक गर्दै जानकारी गराएकी छन् । तस्बिरमा उनले सम्मान लिदै गरेको देख्न सकिन्छ ।
तस्विरका पोष्ट गर्दै उनले ‘ग्लोबल पिसका लागि अमेरिकन युनिभर्सिटी युएसएद्धारा मानार्थ डाक्टरको उपाधि प्राप्त भयो ।’ फ्यान उनको यो सफलतामा बधाई दिइरहेका छन् । पलकले बलिउडमा कयौं चर्चित गीत दिएकी छन् । जसमा ‘प्रेम रतन धन पायो’ ‘एक दो तीन’, ‘कौन तुझे’ लगायत रहेका छन् । गायनको अलवा पलक समाजसेवाका कारण समेत चिनिने गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा