प्रकाश र सुनिता भए विपद् जोखिम न्यूनीकरण सद्भावना दूत
गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच उनीहरुलाई सद्भावना दूत नियुक्त गरिएको घोषणा गरेको हो ।
बाग्लुङका सपुत र सिन्धुपाल्चोककी दुलाललाई एक वर्षका लागि सद्भावना दूतमा नियुक्त भएका हुन् । विपद् जोखिम न्यूनिकरणका लागि कलाकारको विशेष भूमिका निर्वाह गर्न सक्ने भन्दै उनीहरुलाई सद्भावना दूत नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।
कार्यक्रममा दुवै कलाकारले प्राधिकरणसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । उनीहरुले आफुले निर्वाह गर्ने भूमिकामा कुनै कसुर बाँकी नराख्ने बताए । सरकारी निकायसँग आफुहरुको यो नै पहिलो सहकार्य भएको बताएका उनीहरुले सबै सरकारी निकायले कलाकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।
अहिले नेपालीले भोगिरहेको जोखिमलाई १० वर्षमा कम भन्दा कम गर्न प्राधिकरण लागिपरेको र त्यस कार्यका लागि कलाकारलाई समेत आवद्ध गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण