शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

म्यादी प्रहरीका लागि दमौली पाटन चौरमा परीक्षा

बिहीबार, ०९ कात्तिक २०७४, ०९ : ३४
बिहीबार, ०९ कात्तिक २०७४

तनहुँ - आगामी मंसिरमा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षाको लागि म्यादी प्रहरी छनोट चलिरहेको छ । तनहुँमा म्यादी प्रहरीको छनोट कात्तिक ५ गतेबाट भइरहेको छ ।

पहिलो चरणमा फिजिकल लगायतमा पास भएकाहरुले बुधबार तनहुँको सदरमुकाम दमौलीको पाटन चौरमा सामुहिक लिखित परीक्षा दिएका छन् । 

लिखित परीक्षाको लागि ३० मिनेटको समय छुट्टाइएको थियो । चौरमा लामबद्ध भएर परिक्षा दिइरहेका परिक्षार्थीहरु हेर्न सर्बसाधरणको समेत घुईंचो लागेको थियो ।

सदरमुकाम नजिक रहेको चौरमा छनोट भएर आएका २ हजार १ सय ३२ जनाले लिखित परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जम्मा १ हजार ८४ जना आवश्यक रहेकोमा करिब तेब्बर २ हजार ७ सय १० जनाको आवेदन परेको थियो ।

तीन वर्ष बैदेशिक रोजगारी गरी घर आएका राम बहादुर नेपाली पनि म्यादी प्रहरीमा भर्नाका लागि परीक्षा दिँदै थिए । ‘देशमै रोजगारी पाए कसलाई बिदेशिनु मन छ र रु’ उनले भने ।

युवाहरु मध्ये धेरै जसो कक्षा १० उतिर्ण गर्न नसकेका र केहि गरेका छन् भने युवतीहरु स्नातकको परिक्षा दिएर बसेका समेत रहेका छन् । बेरोजगारीको समस्याले म्यादी प्रहरीमा आएको युवाहरुले भनाई छ ।
तनहुँको म्यादी प्रहरीमा छिमेकी जिल्ला गोरखा र लमजुङ बाट पनि आएका छन् । 

लिखित परिक्षा दिएका मध्ये शुक्रबार सम्म कपीजाँच गरेर रिजल्ट निकाल्ने तयारी गरिएको तनहुँका डिएसपी सुनिल मल्लले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप