शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘पूर्वी एसियाको आँखीझ्याल’ पुस्तक सार्वजनिक

शनिबार, ०९ साउन २०७८, १३ : २५
शनिबार, ०९ साउन २०७८

दीपक चौधरीद्वारा लिखित ‘पूर्वी एसियाको आँखीझ्याल’ सार्वजनिक भएको छ । पूर्वी एसियाली मुलुकको आर्थिक–सामाजिक जनजीवनको चित्रण गरी लेखिएका लेखहरूको संकलन ‘पूर्वी एसियाको आँखीझ्याल’ हालै सार्वजनिक भएको लेखक चौधरीले जानकारी दिए ।

साहित्यकार रामदयाल राकेश, निबन्धकार दीपक सापकोटा र कवि निर्भीकजंग रायमाझी र लेखक चौधरी स्वयंले संयुक्त रुपमा हालै सो पुस्तक सार्वजनिक गरेका हुन् । चौधरीका अनुसार पुस्तकमा पूर्वी एसियाका विभिन्न मुलुकमा गरिएको यात्रा तथा त्यहाँ भएको विभिन्न क्षेत्रको विकासका विषयवस्तुलाई पुस्तकमा समेटिएको छ । 

‘नियात्रा’ र ‘विकास एक विवेचना’ गरी पुस्तकलाई दुई अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा भ्रमणका रोचक संस्मरण तथा दोस्रोमा ती देशका आर्थिक–सामाजिक अवस्थाको चित्रण गर्दै लेखिएका विश्लेषणात्मक लेखहरू समेटिएको छ ।  

‘पूर्वी एसियाको आँखीझ्याल’ भने चौधरीले आफ्नो मलेसिया, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्याण्ड र श्रीलंकाको यात्रालाई केन्द्रमा राखेर लेखिएको  पुस्तक हो ।  विद्यावारिधि शोध–अध्ययन गरिरहेका लेखक चौधरीका  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू प्रकाशित छन् । यसअघि उनका ‘नेपालको मधेशी समाज’, ‘तराई–मधेश अफ नेपाल : एन्थ्रोपोलिजकल स्टडिज’ तथा ‘रुपान्तरण’ पुस्तक प्रकाशित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप