शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबानलाई सहर पस्नबाट रोक्न अफगानिस्तानमा कर्फ्यू जारी

आइतबार, १० साउन २०७८, १० : ३५
आइतबार, १० साउन २०७८

अफगानिस्तान सरकारले तालिबानको आक्रामकतालाई ध्यानमा राख्दै लगभग पुरै अफगानिस्तानमा कर्फ्यू लागू गरेको छ । यसको उद्देश्य तीव्र गतिमा अघि बढिरहेको तालिबान लडाकुहरूलाई सहरमा पस्नबाट रोक्नु हो ।

काबुलसमेत दुई अन्य प्रान्त छाडेर अफगानिस्तानमा राति १० बजेदेखि लिएर बिहान ४ बजेसम्म कुनै प्रकारको आवागमनलाई बन्देज लगाइएको छ । अमेरिकी र नेटोका सेना फिर्ता हुन थालेपछि पछिल्लो दुई महिनामा तालिबानले अफगानिस्तानमा आफ्नो प्रभाव बढाउन सुरु गरेको छ । तालिबानले अहिलेसम्म आधा अफगानिस्तानमा कब्जा जमाइसकेको बताइन्छ ।

स्पिन बोल्डान इलाकादेखि लिएर कयौँ जिल्लामा दुई पक्षबीच लगातार भिडन्त जारी रहेको छ । केही समयअघि सो क्षेत्रमा पुलिज्तर पुरस्कार विजेता भारतीय पत्रकार दानिश सिद्दीकीको मृत्यु भएको थियो । यसपछि काबुलस्थित भारतीय दूतावासले एक पटक फेरि अफगानिस्तानमा रहेका भारतीयहरूका लागि नयाँ चेतावनी जारी गरेको थियो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप