शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कमलपोखरीमा बालकहरूको बाँकटे, तस्बिरमा हेर्नुहोस्

सोमबार, ११ साउन २०७८, ११ : ०५
सोमबार, ११ साउन २०७८

मौसमी वायुको प्रभावका कारण देशभर वर्षा हुँदा कतिपय स्थानमा बाढीपहिरो तथा डुबानको समस्या देखिएको छ । राजधानीमा पनि निरन्तरको वर्षाले बागमती, विष्णुमतीसहितका खोलानालाको बहाव बढेको छ । यति मात्रै होइन राजधानीका पोखरीहरू पनि भरिभराउ बनेको छ । यस्तैमा एक रहेको छ, राजधानीको कमल पोखरी । 

वर्षासँगै कमलपोखरी भरिन पुगेको छ भने आसपासका क्षेत्रका केही बालक आइतबार पौडी खेल्दै गरेको अवस्थामा भेटिए । राजधानीमा बढ्दो गर्मीका बीच उनीहरु कमल पोखरीको पानीमा बाँकटे हान्न व्यस्त देखिन्थे । पोखरी धमिलो र केही फोहोरजस्तो भएपनि उनीहरु रमाइरहेका देखिन्थे । 

तस्बिरहरु हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप