दिल्लीमा बुधबार ६७ जना मात्रै कोरोना सङ्क्रमित भेटिए
भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा एक दिनमा ६७ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् । लामो समय कोरोनाभाइरसको महामारीबाट अति प्रभावित सहर नयाँ दिल्लीमा अहिले दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या अत्यन्त न्यून देखिएको हो । दिल्ली स्वास्थ्य विभागले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नयाँ दिल्लीमा कोरोनाभाइरसका कारण थप तीन जनाको मृत्यु भएको छ ।
नयाँ दिल्लीमा कोरोनाभाइरसबाट अहिलेसम्म १४ लाख ३६ हजार ९३ जना सङ्क्रमित भएका छन् । तीमध्ये ५७३ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । कूल सङ्क्रमितमध्ये १४ लाख १० हजार ४७१ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ६१ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।
नयाँ दिल्लीमा पछिल्लो एक दिनमा ५२ हजार ५३३ जनाको कोरोना परीक्षण गरिएकामा ०.०९ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको थियो । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा अहिलेसम्म कोरोनाभाइरसका कारण २५ हजार ४९ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितमध्ये १.७४ प्रतिशतको मृत्यु भएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण