गण्डकीमा ४६७ जनामा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु

person explore access_timeसाउन १५, २०७८ chat_bubble_outline0

गण्डकी प्रदेशमा थप ४६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २६३ जनाको नमुना परीक्षण गरिएकामा ४६७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २१९ महिला र २४८ जना पुरुष रहेका छन् । प्रदेशका १० जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मनाङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।

 उनका अनुसार कास्की २०२, बागलुङ १९, स्याङ्जा २६ म्याग्दी ३, पर्वत ६, गोरखा ६०, लमजुङ ४०, तनहुँमा ५,मनाङ २ र नवलपुरमा १०४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६७ हजार १८३ पुगेको छ । प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–२७ का ६६ वर्षीय पुरुष, कास्कीको अन्नपूर्ण–४ की ८० वर्षीय महिला,मादी–५ की ४२ वर्षीय महिला, स्याङजा पुतलीबजार–१३ की ४३ वर्षीय महिला र पुतली बजारका अर्का ४३ वर्षीय कोरोना संक्रमित पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८८ जना पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ४२६ पुगेको छ ।  त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ४ हजार ६६९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।