शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओलम्पिकमा २१* स्वर्णसहित चीन अघि, जापान दोस्रो र  अमेरिका तेस्रो स्थानमा

शनिबार, १६ साउन २०७८, २१ : १३
शनिबार, १६ साउन २०७८

ओलम्पिक खेलकुदमा चीनले आफ्नो अग्रता शनिबार पनि कायमै राखेको छ । चीनले २१ स्वर्ण, १३ रजत र १२ कास्यसहित कुल ४६ पदक जितेको छ । आयोजक जापानले १७ स्वर्ण, ५ रजत र ८ कास्यसहित कुल ३० पदक जितेको छ । 

त्यसैगरी, अमेरिकाले १६ स्वर्ण, १७ रजत र १३ कास्यसहित कुल ४६ पदक जितेको छ । रसियन ओलम्पिक कमिटी (आरओसी) ले ११ स्वर्ण, १५ रजत र ११ कास्यसहित कुल ३७ पदक जितेको छ । रुसले आफ्नो देशका नाममा प्रतिस्पर्धा गर्न नपाएपछि जारी ओलम्पिकमा  रसियन ओलम्पिक कमिटीको ब्यानरमा प्रतिस्पर्धा गरिरहेको छ । ओलम्पिकमा १० स्वर्ण, ३ रजत र १४ कास्य जितेको अस्ट्रेलिया पाँचौ स्थानमा छ । त्यसैगरी ८ स्वर्ण, ९ रजत र ११ कास्य जितेको बेलायत छैटौं स्थानमा छ । दक्षिण कोरिया, फ्रान्स, नेदरल्यान्डस् र न्युजिल्यान्ड क्रमशः  सातौं, आठौं, नवौं र दशौं स्थानमा छन् । 

*यसअघि चीनकाे स्वर्ण पदककाे संख्यामा अन्यथा भएकोमा  क्षमायाचनासहित सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप