रामचन्द्र पौडेललाई टिकट दिएपछि जोशी पक्षधर आक्रोशित: निकाले र्याली
तनहुँ - नेपाली काँग्रेसले क्षेत्र नं १ बाट रामचन्द्र पौडेललाई टिकट दिएपछि जोशी पक्षधर आक्रोशित बनेका छन् । पार्टीले पौडेललाई टिकट दिने कुनै पनि कुरा बाहिर नआउँदै जोशी पक्षधरले विभिन्न निर्णय गरी प्रेस विज्ञप्ती जारी गरेका थिए ।
उक्त क्षेत्र नं १ को क्षेत्रीय भेलाले जोशीलाई क्षेत्र नं १ को आधिकारिक उम्मेद्वार बनाउने निर्णय गरेको छ । नेकाँ क्षेत्र नं १ तनहुँका सभापति उदयराज गौलीद्धारा प्रेसित विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस तनहुँ जिल्ला क्षेत्र नं १ को नेपाली कांग्रेसको आधिकारीक उम्मेदवारको प्रस्तावका सम्वन्धमा यो भेला क्षेत्र नं १ का अत्याधिक कार्यकर्ताहरुको भावना अनुसार नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई क्षेत्र नं १ को नेपाली कांग्रेसको आधिकारीक उम्मेदवार बनाउने विषयमा तत्काल पार्टी केन्द्रिय सभापतिलाई वुझाउने र त्यसको विपरीत कसैले मनोनयन गरेमा त्यसको पक्षमा नलाग्ने र पार्टीका उम्मेदवार गोविन्द राज जोशी लाई समर्थन गर्ने निर्णय गर्दछ सो विज्ञप्तीमा भनिएको छ ।
त्यसैगरी नेपाली कांग्रेसका पुर्व सह महामन्त्री गोविन्द राज जोशी लाई क्षेत्र नं १ को नेपाली कांग्रेसको आधिकारीक उम्मेदवार वनाउने निर्णय भएकोले कांग्रेसको चुनाव चिन्ह उहालाई प्रदान गर्न नेपाली कांग्रेस केन्द्रीय समितिलाई अनुरोध गर्ने बताएको छ ।
यो निर्णयको विपरीत कसैले कांग्रेसको नाममा चुनाव चिन्ह लिई मनोनयन दर्ता गराएमा त्यसको प्रतिरोध गरी गोविन्द राज जोशीले निर्वाचनमा मनोनयन दर्ता गर्ने र पार्टिका सवै कार्यकर्ताले जोशीलाई सहयोग गर्ने निर्णय गर्दछ भनिएको छ ।
बिहिबार दिउँसो जोशीले दमौली बजारमा टिकटको माग गर्दै र्याली समेत निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
-
‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण