शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधिबाट कर्मचारीमाथि दुर्व्यवहार भएको आरोप

सोमबार, १८ साउन २०७८, १८ : ४४
सोमबार, १८ साउन २०७८

जनप्रतिनिधिबाट कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै स्वास्थ्य कार्यालय चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

कार्यालयले आज जारी गरेको विज्ञप्तिमा गत शुक्रबार प्रयोगशाला भवन खोप केन्द्रमा आफ्नो जिम्मेवारी पालना गर्दै खोप कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा कर्मचारीमाथि जनप्रतिनिधिबाट दुव्र्यवहार भएको जनाइएको छ ।

सो दिन भरतपुर महानगरपालिका–१० का अध्यक्ष अरुण पीडित भण्डारीले खोप केन्द्रमा रहेका कर्मचारीसँग भनाभन भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । विज्ञप्तिमा भनिएको छ, “महामारीमा आफ्नो र परिवारको जीवनलाई समेत धरापमा राखेर अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीको योगदानको कदर गर्दै अनुकरणीय कार्यको प्रशंसा एवं सहयोग गर्नुको साटो उल्टो धम्क्याउने र गालीगलौज गर्नु सर्वथा निन्दनीय कार्य हो ।” सबै सरोकारवाला निकाय मिलेर स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने सुरक्षित वातावरण बनाइदिन विज्ञप्तिमा अनुरोध गरिएको छ ।

    सेवा प्रदानका सम्बन्धमा भएका गुनासाहरू विधि र प्रक्रियाअनुसार राख्न समेत अनुरोध गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप