तनहुँमा ‘फेसन फ्युजन नाइट २०१७’ हुँदै, २३ मोडल प्रतिस्पर्धामा
तनहुँ । इलिगेन्ट इभेन्ट म्यानेजमेन्ट एण्ड प्रोडक्सन हाउसको आयोजनामा शनिबार दमौलीमा फेसन फ्युजन नाईट २०१७ आयोजना हुँदैछ । तनहुँका १५ युवति र ८ युवा मोडल गरि २३ जना मोडल फेशन नाइटमा प्रस्तुत हुने भएका छन् ।
फेसन शोमा २३ जना सहभागीहरूले तनहुँ र चितवनका विभिन्न डिजाइनरहरूले तयार पारेको पोशाकमा आफ्नो प्रस्तुती प्रस्तुत गर्ने आयोजक इलिगेन्ट इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष ममता श्रेष्ठले बताइन् ।
तनहुँका युवायुवतीलाई फेसन शोको माध्यममार्फत उनीहरू भित्रको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रमकी संयोजक केशिका श्रेष्ठले जानकारी दिइन् ।
दमौलीस्थित तनहुँ उद्योग वाणिज्य संघको हलमा हुने फेसन फ्युजन नाइटमा फेसन शोसँगै विभिन्न गायन, नृत्य लगायतका सांस्कृतिक कार्यक्रमहरू हुने आयोजकमध्यकी रोशनी थापाले रातोपाटीलाई जानकारी दिइन् । तनहुँसँगै चितवनका डिजाईनरद्धारा डिजाईन गरिएका पोशाकहरूका साथै दमौलीका फेसन कलेक्सनहरुको प्रदर्शनमा मोडलहरु फेसन शोमा प्रस्तुत हुन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण