मिस नेपाल नर्थ अमेरिकाका लागि शृङ्खला, सुरज र मलिना न्यूयोर्कमा
न्यूयोर्क सहरमा आगामी अगस्त ७ का दिन आयोजना हुने मिस नेपाल नर्थ अमेरिका २०२१ (उत्तर अमेरिका नेपाल सुन्दरी )को लागि पूर्व मिस नेपालहरु शृङ्खला खतिवडा र मलिना जोशी तथा प्रख्यात कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी न्यूयोर्क आइपुगेका छन् । उनीहरूलाई विमानस्थल स्वागत गर्न आयोजकको तर्फबाट संस्थापक सभापति सैलेस श्रेष्ठ लगायत आयोजकहरू पुगेका थिए । उनीहरूलाई खादा लगाई स्वागत गरिएको थियो ।
सन् २०१८ की मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडालाई अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा हुन् । चीनमा भएको विश्व सुन्दरी प्रतियोगितामा (ब्युटी विथ पर्पोज )उद्देश्य सँग सौन्दर्य पदक प्राप्त गर्न सफल भएकी थिइन् ।
उनी नेपालका विभिन्न स्थानमा मानवीय परियोजनामा संलग्न हुनुको साथै दीर्घकालीन परियोजनामा काम गरिरहेकी छिन । हार्वर्ड विश्वविद्यालयमा शहरी विकास विषयमा उच्च अध्ययनको लागि समेत अमेरिका आएकोले अध्ययन पुरा नहुन्जेल उनी यतै रहने बुझिएको छ ।
यसै गरी सन् २०११ की मिस नेपाल वर्ल्ड तथा अभिनेत्री मलिना जोशी पनि विशेष अतिथिको रूपमा आएकी छन् । यसै गरी यही प्रतियोगिताको लागि नेपालका ख्याति प्राप्त कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी पनि आइपुगेका छन् । ठकुरी कान्तिपुर टेलिभिजनसँग आबद्ध छन् । उनी एक चर्चित टेलिभिजन प्रस्तोता ,कलाकार ,निर्देशक तथा निर्माता हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण