शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा स्कुटर र टाटा सुमो ठोक्किँदा एक गम्भिर घाइते

शुक्रबार, १० कात्तिक २०७४, १३ : ३२
शुक्रबार, १० कात्तिक २०७४

तनहुँ– तनहुँको दमौली बजार नजिक व्यास नगरपालिका वडा नम्बर १ सुगम पेट्रोल पम्प नजिक शुक्रबार स्कुटर र टाटा सुमो एकआपसमा ठोक्किदा स्कुटर चालक गम्भीर घाइते भएका छन् ।

डुम्रेबाट पोखरा जाँदै गरेको ग २ च ४८५१ नम्बरको टाटा सुमो र विपरीत दिशाबाट आउँदै गरेको ग १२ प ९११ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक गम्भीर घाइते भएका हुन् । ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक व्यास नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष १७ का प्रभात आलेको पोखरामा उपचार भैरहेको छ ।

स्कुटरमै सवार अर्का वर्ष १८ का सन्दिप थापाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार हुँदैछ । सुमो र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप