भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाख नजिक
कोभिड–१९ बाट अति प्रभावित मुलुकमध्ये एशियाली मुलुक भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाखको नजिक पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । आइतबार संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ३९ हजार ७० रहेको र योसँगै अहिलेसम्म कोभिड सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या तीन करोड १९ लाख ३४ हजार ४५५ पुगेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ४९१ कोभिड सङ्क्रमितको मृत्यु भएको छ । महामारी सुरू भएपछि अहिलेसम्म यहाँ मृत्यु भएका कोभिड सङ्क्रमित विरामीको सङ्ख्या चार लाख २७ हजार ८६२ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ३३१ व्यक्ति कोरोना सङ्क्रमणमुक्त बनेका छन् । योसँगै भारतभर कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख छ हजार ८२२ रहेको छ ।
भारतमा कोभिड–१९ सङ्क्रमितमध्ये तीन करोड १० लाख ९९ हजार ७७१ व्यक्तिमा कोरोना सङ्क्रमण भई निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा कोभिडको उपचार गराइरहेका ४३ हजार ९१० जना निको भई अस्पतालबाट घर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण