शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महामारीले पृथक बनाएको ओलम्पिक, १० तस्बिरमा हेर्नुस्

आइतबार, २४ साउन २०७८, २० : ३७
आइतबार, २४ साउन २०७८

टोकियो ओलम्पिक अपेक्षा गरिएभन्दा एक वर्षपछि मात्रै सुरु भयो । महामारीका कारण थोरै फ्यानहरुमात्रै यो ओलम्पिकमा उपस्थित हुनसके । सर्वसाधारणका लागि यस ओलम्पिक हेर्न प्रवेशको व्यवस्था थिएन । ओलम्पिक चलिरहेको शहर टोकियोमा कोरोनाका कारण संकटकाल थियो । तर, पनि खेलाडीहरूको प्रदर्शन अद्भूत रह्यो र केही अविस्मरणीय क्षणहरू देखिए । 

अमेरिकी स्विमर सेलेव ड्रस्सलले सर्वाधिक ५ स्वर्ण जिते । त्यस्तै अस्ट्रेलियन स्विमर इममा म्याककिओनले सर्वाधिक धेरै सात पदक जितिन् । चारवटा खेलहरु कराते, स्केटबोर्डिङ, सर्फिङ र स्पोर्ट क्लाइम्बिङ ओलम्पिकमा पहिलोपटक समावेश भए । 
फोटो : 


१) समापनका क्रममा तल झुकाइएपछि ओलम्पिक झण्डालाई पट्टयाइदैं । 


२) समापन समारोहमा फहराइरहेका जापान, ग्रिस र फ्रान्सका झण्डा । ग्रिस ओलम्पिक खेलको जननी हो । फ्रान्सले २०२४ मा गृष्मकालिन ओलम्पिक आयोजना गर्दैछ । 

३) म्याराथनमा स्वर्ण जितेका केन्याका इलिउड किप्चोजी पदक वितरण समारोहमा बजाइएको देशको राष्ट्रिय गान सुन्दै । पूरुष र महिलातर्फका दुबै म्याराथन खेलहरूको पदक वितरण समापन चलिरहकै बेलामा भएको थियो । र, महिलातर्फ पनि केन्याकै पेरेस जेप्चिर्चिरले स्वर्ण जितेकी थिइन् ।  


४) इफिल टावर नजिकै जेट विमानको परेड । जब टोकियोमा ओलम्पिकको समापन भयो, तब पेरिसमा खुसीयाली मनाउन थालियो । फ्रान्सको राजधानी पेरिसमा २०२४ को ओलम्पिक आयोजना हुनेछ । 

५) ओलम्पिकको समापनमा देखाइएको नृत्य प्रस्तुती 

६) समापन समारोहको प्रस्तुती नियाल्दै खेलाडीहरु । कोभिड १९ प्रोटोकलअनुसार आफ्नो प्रतिस्पर्धा बाँकी नरहेको अवस्थामा खेलाडीले ४८ घण्टाभित्र जापान छाड्नुपर्ने थियो । त्यहीकारण उद्घाटनको दाँजोमा समापनमा थोरैमात्र खेलाडी थिए । 


७) समापन समारोहमा ताली बजाउँदै विशिष्ट अतिथीहरु 


८) समापन समारोहमा सेल्फी खिच्दै पोल्याण्डका खेलाडीहरु 


९) समापन समारोहमा फहराइएका विभिन्न देशका झण्डा । 


१०) समापनका दिन भिडियो क्यामेरामा आफ्ना पदक देखाउँदै अमेरिकी खेलाडीहरु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप