सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

आधुनिक सेनाको परिकल्पना सार्थक हुने विश्वास छ : प्रधानसेनापति

आइतबार, २४ साउन २०७८, २१ : ३६
आइतबार, २४ साउन २०७८

प्रधानसेनापति पूर्णचन्द्र थापाले आधुनिक सेनाको परिकल्पना सार्थक हुने विश्वास व्यक्त गरेका छन् । रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को तेस्रो चौमासिक र वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

थापाले सेनाको भिजन २०२०–३० लाई रक्षा र अर्थमन्त्रालय तथा राष्ट्रिय योजना आयोगले समेत अपनत्व लिइसकेकाले उक्त मार्गचित्र कार्यान्वयन भएसँगै आधुनिक सेनाको परिकल्पना सार्थक हुने बताए । उनले भने, ‘सेनाको तीन जोड एक कमाण्ड अवधारणा लागू भइसकेको छ, साङ्गठानिक संरचना पनि स्वीकृत भएको छ, दू्रतमार्गका लागि समयमै आवश्यक बजेट सुनिश्चितता हुनेछ, बेरुजु फछ्र्यौटमा राम्रो प्रगति छ, कोरोना प्रतिकार्यका लागि सबैको समन्वय र साझा प्रयास आवश्यक छ ।’ द्रुतमार्ग राष्ट्रकै दृष्टिकोण भएकाले सानो त्रुटि भएमा अनेकौँ आक्षेप आउन सक्ने हुनाले सुझबुझपूर्ण ढङ्गबाट अघि काम भइरहेको बताउँदै प्रधानसेनापति थापाले सर्पदंश उपचार र वृक्षारोपणमा पनि सङ्गठनको योगदान महत्वपूर्ण रहेको बताए ।

राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीले राष्ट्रिय गौरवका आयोजनामा बजेट कम हुन नदिने अवस्थाको प्रत्याभूति हुनुपर्ने तथा विकटका सडक पूर्वाधार निर्माणमा सेनाले गरिरहेको कार्य सबैका लागि उदाहरणीय बनिरहेको बताए ।

मन्त्रालयका निमित्त सचिव आलोकचन्द्र श्रेष्ठ र सहसचिव शिवराम न्यौपानेले स्वदेश र विदेशमा समेत मुलुकको प्रतिष्ठाका रुपमा रहेको सेनालाई दक्ष र व्यावसायिक तुल्याउन थप साधन स्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप