ठमेलमा काँग्रेस संस्थापन इतर सभापतिहरूको भेला
सत्तारुढ दल नेपाली काँग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरूको भेला काठमाडौंमा सुरु भएको छ । पार्टीको महाधिवेशन र मन्त्रिपरिषद विस्तारको कामले गति लिन नसकेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीका संस्थापन पक्ष इतर जिल्ला सभापतिहरूको भेला सुरु भएको हो ।
सोमबार काठमाडौंको ठमेलस्थित एक होटलमा जारी भेलामा ३५ जना भौतिक रुपमा र ११ जना भर्चुअल गरी ४७ जना जिल्ला सभापतिहरू सहभागी हुनुभएको भेलामा सहभागी नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति सबुत बानियाँले जानकारी दिए । उनले भने, ‘महाधिवेशनको सन्दर्भ पनि आएको छ । सरकार पनि पार्टीले चलाउन पाएको छ ।
यी दुइटै कुरामा केन्द्रित भएर छलफल गरिनेछ । सरकारलाई गतिशील बनाई जनताले चाहे अनुसारको काम गर्न लगाएर सफल बनाउने र पार्टीलाई गतिशील बनाउने गरी समक्ष नेतृत्व चयन हुने गरी पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्ने बारे बैठकले आवश्यक निर्णय लिनेछ ।’
२ दिनसम्म चल्ने भेलाले लिएको निष्कर्ष पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुलाई बुझाउने तयारी गरिएको छ । काँग्रेसको आसन्न १४ औं महाधिवेशनको मिति सर्ने अवस्था भएपछि समयमै महाधिवेशन सम्पन्न गर्न नसकेको भन्दै सभापति देउवाविरुद्ध वरिष्ठ नेता पौडेल पक्ष आक्रोशित भएको छ । त्यसैगरी सरकारलाई पूर्णता दिने विषयमा पनि प्रधानमन्त्री देउवाले आवश्यक छलफल नगरेको पौडेल पक्षको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण