रामजी खाँणले तताए 'तनहुँ महोत्सव'
तनहुँ - नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको आयोजना बुधबारदेखी संचालित महोत्सवको चौथो दिन शनिबार महोत्सवका प्रमुख आर्कषण चर्चित लोक दोहोरी गायक रामजी खाँणले गीत गाउँदा महोत्सव स्थलको माहोल तातेको थियो ।
खाँडले आफ्नो प्रस्तुती दिएर दर्शकलाई भरपुर मनोरञ्जन दिए । खाँडले गाएको चर्चित ‘फूल फूलेर पहेंलै भयो’ बोलको गीतमा युवादेखि वृद्धवृद्धा सबैले साथ दिएका थिए । गायक खाणले सांगितिक प्रस्तुती गाइरहँदा दर्शकले बेला बेला ‘वान्स मोर’को नारा पनि लगाउन भ्याए । त्यसबाट हौसिएका रामजीले क्रमैसँग चल्तीका सबैजसो गीत पस्किएर भरपूर मनोरञ्जन दिए ।
कार्यक्रममा तनहुँका चर्चित लोक कलाकार प्रेमराजा महतले पुरानो चलेको ‘बाँझो खेतमा’ गाउँदा उपस्थित दर्शकले साथ दिएका थिए । तनहुँका बारेमा उनले गाएको गीत ‘घर त मेरो तनहुँ’मा पनि दर्शकको साथ थियो ।
महोत्सवको चौथो दिन अन्य दिनको तुलनामा दर्शकको भीड थियो ।
महोत्सवको चौथो दिनसम्म १ करोड १६ लाख बरावरको आर्थिक कारोवार भएको छ । शनिवार सम्ममा १ लाख ३७ हजार दर्शकले महोत्सव अवलोकन गरेको महोत्सव आयोजक समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण