बागमती प्रदेशसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । ३५ दिन देखि अनिश्चित रहेको बागमती प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
गत असार २८ गते प्रदेशसभा बैठक स्थगित गरिएको थियो । चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गरेका थिए ।
प्रदेशसभा सचिवालयका अनुसार बागमती प्रदेशसभा बैठक लगातार २ दिनसम्म चल्ने कार्यसूची तयार भएको छ । प्रदेशसभा बैठक बस्नु अघि सोमबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभाको बैठकका लागि कार्यसूची तयार पारेको हो ।
प्रदेशसभा बैठकको कार्यसूची अनुसार बैठकमा शून्य समय र विशेष समयको व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । प्रवक्ता अमात्यले रातोपाटीसँग कुराकानी गर्दै प्रदेशसभाको बैठकको सुरुवातमा यसअघि संसद्ले पारित गरेको विधेयकलाई प्रदेश प्रमुख कार्यालयबाट प्रमाणीकरण गरिएको ब्यहोराको पत्र वाचन गरिने छ भने त्यस लगत्तै बैठक शून्य समयमा प्रवेश हुने बताए ।
त्यस्तै प्रवक्ता अमात्यका अनुसार आजको बैठकमा प्रदेशसभा नियमावली संशोधन प्रस्ताव प्रस्तुत हुनेछ । प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेताहरूले प्रदेशसभा नियमावली संशोधनको प्रस्ताव संसद्मा पेस गर्नु अघि सर्वदलीय बैठक आह्वान गरी सहमति गरेर मात्र संसद्मा छलफल गर्नुपर्ने माग गरेका छन् ।
भदौ २ गतेको बैठकको सुरुवातमा विशेष समयको व्यवस्था गरिएको प्रवक्ता अमात्यले बताए । विशेष समय पश्चात् बैठकमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले केही प्रदेश ऐन टेबुल गर्ने र उक्त ऐन माथि संसद्मा सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको अमात्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण