एमाले स्थायी कमिटी बैठक शुरु : माधव पक्षलाई होला कारबाही ?
नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केही बेरअघि बैठक सुरु भएको हो । एमाले अध्यक्ष ओलीले सोमबार राति अपिल जारी गर्दै सरकारले एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागेको भन्दै पार्टी विभाजनविरुद्ध एकजुट हुन आव्हान गरेका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले सोमबारमात्रै संसद् अधिवेशन अन्त्य गरेको थियो ।
सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि एमाले अध्यक्ष ओलीको सक्रियता एकाएक बढेको छ । अध्यक्ष ओलीले स्थायी समिति लगतै आजै ३ बजे संसदीय दलको बैठक पनि बोलाएका छन् । अध्यादेशबारे चर्चा चलिरहेका बेला ओलीले लगातार बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । एमाले नेताहरूका अनुसार सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेकाले त्यसअघि नै माधव समूहका केही नेताहरूलाई कारबाही गर्ने अध्यक्ष ओलीले लगातार बैठक बोलाएका हुन् । ‘पार्टी अनुशासन उल्लङ्घन गर्ने केही नेतालाई स्थायी समितिबाट निर्णय गरेर दलको बैठकमार्फत कारबाही गर्ने सम्भावना छ’, ओली निकट एक स्थायी समिति सदस्यको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

