हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश रेग्मीको बेञ्चमा
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिट उपर आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुनेगरी प्रधान न्यायाधीशले मुद्दाको पेशी तोकेका छन् ।
कार्यकारी निर्देशक पदमा ‘थमौती गरि पाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले साउन ३२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरि पाउँ’ भन्ने माग गरेका छन् । रिटमा शाक्यले पदाधिकारीबाट आफुलाई हटाएको आधिकारीक पत्र नपाएको र सरकारले आफुलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान संवत् अधिकार हनन भएको’ दावी गरेका छन् ।
हितेन्द्रदेव शाक्यसँग अहिले तीन वटा पद छन् – सरकारले दिएको जल तथा ऊर्जा आयोगको पूर्णकालीन सदस्य, उनले दावी गरेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक र प्राधिकरणकै उपकार्यकारी निर्देशक । कार्यकारी निर्देशक भएर पनि अहिलेसम्म उपकार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
