सुनसरीमा ट्याङकरको ठक्करबाट मोटरसाइकल जल्यो, युवकको मृत्यु
सुनसरीको इटहरी उपमहानगपालिका–२० स्थित पानीपिया नजिकै दुर्घटनामा परेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
कोशी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०००१–६–८४४५ नम्बरको ट्याङ्करले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको थियो । टयाङ्करको ठक्करबाट सफल र अविनाश राजवंशी घाइते भएका थिए ।
घाइते भएको दुवैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारकै क्रममा सफलको भएको मृत्यु भएको हो । अविनाशको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्करबाट मोटरसाइकल पूर्ण रूपले जलेर नष्ट भएको छ ।
मोटरसाइकल पूर्ण रूपले नष्ट भएका कारणले गाडीको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक इटहरी–४ का २८ वर्षीय थुलमान राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण