किरण गजमेरलाई अनेसासको ट्रस्टी प्रदान
अमेरिका निवासी द भ्वाइस अफ नेपाल रियालिटी सोका विजेता किरण गजमेरलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टी सदस्यता प्रदान गरिएको छ । विदेशमा रहेर किरणले नेपाली गीत सङ्गीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सदस्यता प्रदान गरिएको हो ।
अनेसास वर्तमान विधान बमोजिम ट्रस्टीको सदस्यता शुल्क एक हजार अमेरिकी डलर रहेको छ । उक्त रकम एरिजोना निवासी अनेसास ट्रस्टीका सल्लाहकार रोहिणी शर्माले प्रायोजन गरेका हुन् । शर्माले किरणको गायन क्षमता, स्वर, कला र विदेशमा बसेर पनि नेपाली गीत सङ्गीतमा उनको योगदानको उच्च प्रशंसा गरेका छन् ।
अनेसासले किरण गजमेरजस्ता युवा गायकलाई ट्रस्टीको सदस्यता प्रदान गर्न पाएकोमा हर्ष लागेको बताउँदै ट्रस्टीका सभापति गीता खत्रीले भने - किरणजस्ता कला, सङ्गीत, गायनमा ख्याति प्राप्त युवाहरूलाई अनेसासमा समेट्न पाएकोमा गौरव महसुस भएको छ ।
यसैगरी अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले प्रवासमा रहेर नेपाली सङ्गीतको सेवामा समर्पित किरणको साङ्गीतिक लगावले युवापुस्तालाई प्रेरणा दिने बताए । अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले पनि अनेसासमा किरणको आवद्दतालाई स्वागत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण