किरण गजमेरलाई अनेसासको ट्रस्टी प्रदान
अमेरिका निवासी द भ्वाइस अफ नेपाल रियालिटी सोका विजेता किरण गजमेरलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टी सदस्यता प्रदान गरिएको छ । विदेशमा रहेर किरणले नेपाली गीत सङ्गीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सदस्यता प्रदान गरिएको हो ।
अनेसास वर्तमान विधान बमोजिम ट्रस्टीको सदस्यता शुल्क एक हजार अमेरिकी डलर रहेको छ । उक्त रकम एरिजोना निवासी अनेसास ट्रस्टीका सल्लाहकार रोहिणी शर्माले प्रायोजन गरेका हुन् । शर्माले किरणको गायन क्षमता, स्वर, कला र विदेशमा बसेर पनि नेपाली गीत सङ्गीतमा उनको योगदानको उच्च प्रशंसा गरेका छन् ।
अनेसासले किरण गजमेरजस्ता युवा गायकलाई ट्रस्टीको सदस्यता प्रदान गर्न पाएकोमा हर्ष लागेको बताउँदै ट्रस्टीका सभापति गीता खत्रीले भने - किरणजस्ता कला, सङ्गीत, गायनमा ख्याति प्राप्त युवाहरूलाई अनेसासमा समेट्न पाएकोमा गौरव महसुस भएको छ ।
यसैगरी अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले प्रवासमा रहेर नेपाली सङ्गीतको सेवामा समर्पित किरणको साङ्गीतिक लगावले युवापुस्तालाई प्रेरणा दिने बताए । अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले पनि अनेसासमा किरणको आवद्दतालाई स्वागत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, दिनभरको मौसम कस्तो रहला ?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो